इलामको मरब क्याम्पसका प्रमुख र सहायक प्रमुखको कार्यकक्षमा तालाबन्दी

  • 22
    Shares
इलामको मरब क्याम्पसका प्रमुख र सहायक प्रमुखको कार्यकक्षमा तालाबन्दी

इलाम : आफूहरूले राखेका माग पूरा नभएको भन्दै इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसका बिएस्सी हर्टिकल्चर ९बागवानी०का विद्यार्थीहरूले क्याम्पस प्रमुख र सहायक प्रमुखको कार्यकक्षमा सोमबार तालाबन्दी गरेका छन् ।बिगत लामो समय देखि विद्यार्थीहरूले मापदण्ड पुगेका कृषि सेवा समूह बागवानी, कृषि प्रसार, बाली संरक्षण, माटो विज्ञान र बाली विकासमा लोकसेवाको सुनिश्चितता हुनुपर्ने,कृषि तथा बन बिज्ञान बिश्वबिद्यालयमा बागबानी सहित मापदण्ड पुगेका अन्य बिषयहरुमा पनि स्नातकोतर सुनिश्चित हुनुपर्ने माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएका थिए ।

अहिले विद्यार्थीहरूले संर्घष समिति नै बनाएर होमिएका छन् । उनिहरुले आज लगाएको ताला आफुहरुको माग सम्बोधन नभए सम्म जारी राख्ने संर्घष समितिका संयोजन किशोर आर्चाले जानकारी दिनुभयो ।यता क्यामपस प्रशासनले भने विद्यार्थीहरूको सम्स्याको बिषयमा संम्बन्धित निकायमा पहल गरिरहेको बताएको छ । कृषि र पशु विज्ञान अध्ययन संस्थानअन्तर्गत त्रिभुवन विश्वविद्यालयका ४ वटा आंगिक क्याम्पससहित देशभरका ८ वटा क्याम्पसमा कृषि पढाइ हुन्छ  । यीमध्ये हर्टिकल्चर पढाइ हुने इलाम एकमात्र क्याम्पस हो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थाद्वारा मान्यताप्राप्त यो क्याम्पस स्वायत्ततामा गएसँगै हर्टिकल्चरको पढाइ सुरु भएको हो । यस क्याम्पसमा हालसम्म २२८ जनाले बागवानीमा बिएस्सी गर्दैछन् भने १२० जनाले अध्ययन सकेका छन् । १०८ जना अहिले अध्ययनरत छन् ।नयाँ बुलन्दबाट