इलाम प्रहरीद्वारा नेपाल माक्स अभियानमा तिव्रता

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

इलाम: महामारी नियन्त्रण रोकथाममा मेरो प्रतिवद्दता मास्क लगाउन नै हो आजको आवस्यक्ता भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यालय इलामले नेपाल मास्क अभियान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहारी नायव उपरीक्षक गंगा बहादुर थापा सहितको प्रहरी टोलिले हालै नेपाल सरकारबाट संचालित नेपाल माक्स अभियान अन्तर्गत कोरोनाको संक्रमणको बढ्दो लहरलाई मध्यनजर गर्दै जिल्लामा अभियान संचालन गरिरहेको हो ।
इलाम जिल्लाको बजार क्षेत्र र ग्रामिण भेगहरुमा मास्क नलगाउने पैदल यात्रु, सवारी साधनका चालक, सहचालक, यात्रु तथा सर्वधारणलाई स्वास्थ्य सुरक्षाका मापडण्ड सम्बन्धी सचेतना जगाउने उदेश्यले जिल्ला प्रहरी कार्यालय इलामको अगुवाईमा नेपाल मास्क अभियान शुरु गरी मास्क समेत बितरण गरीएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या र मृत्युदर बढेपछि जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरीहरुले यो अभियान सुरु गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.