फरार अभियुक्त १२ बर्ष पछी पक्राउ

  • 263
    Shares
फरार अभियुक्त १२ बर्ष पछी पक्राउ


इलाम: जिल्ला प्रहरी कार्यालय इलामले बिभिन्न मितिमा अपराध गरी कानुनी दायरमा नआएका फरार अभियुक्तको खोजतलास अभियानलाई तिव्रता दिएको छ ।अभियानकै क्रममा २०६६ साल बैशाख १ गते साविक इलाम जिल्ला चमैता गा.बि.स.वडा नं. १ हाल देउमाई नगरपालिका वडा नं.०१ चमैता स्थित धाराडाँडाका रत्न बहादुर राईलाई १२ बर्ष पछि प्रहरीले पक्राउन गरेको हो ।
आफ्नै सालो युवराज राईको हत्या गरी फरार रहेका रत्न बहादुर राईलाई जिल्ला प्रहरी कार्यालय इलामबाट खटिईएको बिशेष प्रहरी टोलिले भक्तपुर प्रहरी संगको समन्वयमा भक्तपुरबाट पक्राउ गरी आवश्यक कानुनी कार्वाहीको लागि इलाममा ल्याईएको छ ।पक्राउ परेका रत्न बहादुर राईलाई इलाम जिल्ला अदालतबाट कर्तब्य ज्यान शिर्षकमा म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले बताउनु भयो । पुरानो मुद्दाको अनुसन्धान तथा कार्वाहीमा हाल बिशेष टिमनै गठन गरेर तिव्रता दिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले बताउनु भयो ।