अलैँची व्यवसायी महासंघ इलामका अध्यक्ष खाकीको कोरोना संक्रमणबाट निधन

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

इलाम : नेपाल अलैँची व्यवसायी महासंघ इलाम शाखाका अध्यक्ष विजय खाकीको निधन भएको छ । कोरोना संक्रमणका कारण खाकीको गए राती ११ बजे निधन भएको हो ।

स–सस्त्र प्रहरी अस्पताल हलचोक काठमाडौँमा उपचारको क्रममा खाकीको निधन भएको नेपाल अलैँची व्यवसायी महासंघका पूर्व अध्यक्ष निर्मल भट्टराइले बताए । झण्डै एक हप्ता अगाडी खाकीलाई उपचारका लागि काठमाडौँ लगिएको थियो ।

खाकी उद्योग वाणिज्य संघ इलामका पूर्व महासचिव पनि हुन् । सहयोगी, मिलनसार एवम् सामाजिक व्यत्तित्व खाकीको निधनबाट इलामले कुशल व्यवसायी गुमाएको छ । स्थापित व्यवसायी खाकी इलाम चोक बजारमा पसल संचालक समेत थिए ।

Leave a Reply

Your email address will not be published.