इलाममा आज दुई जनाको मृत्यु ,मृत्यु हुँनेको संख्या ११४ पुग्यो

  • 12
    Shares
इलाममा आज दुई जनाको मृत्यु ,मृत्यु हुँनेको संख्या ११४ पुग्यो

फिक्कल: कोभिड संक्रमणका कारण आज इलामका दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा सूर्योदय नगरपालिका–८ की ६२ वर्षकी महिला र माई नगरपालिका १ की ६८ वर्षकी महिला छन् ।आज दुई जनाको मृत्युु भएसंगै इलाममा कोभिडका कारण ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको छ । आज इलाममा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इलाममा हाल ७ सय ३३ जना सक्रिय संक्रमित छन् । जिल्लामा कोभिड बढीरहे पनि बिभिन्न सार्वजनिक (भिडभाड हुने ) कार्यक्रम भैरहेका छन ।