सञ्चारकर्मी खड्का माथि लगाईएको मुद्दा फिर्ता, विद्यालय ब्यवस्थापन समितिद्वारा गल्ती स्वीकार

Breaking News Hot News Mukya Samachar Special News Trending अपराध प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

सामाजिक संजालमा बिद्यालयको दरावस्थाको तस्विर पोष्ट गर्दा इलामका पत्रकार विनु खड्का माथि लागेको मुद्दा फिर्ता भएको छ । केही दिन अघि इलामको माइजोगमाई गाउँपालिका वडा नम्बर १ स्थित शिवमाई माध्यमिक विद्यालयको भौतिक संरचना जीर्ण बन्दै गएको भन्दै कोरोना महामारीका बेला विद्यालय बन्द रहेको अवस्थामा पनि कक्षाकोठा तथा शौचालय खुल्ला रहेको र कक्षाकोठामा बर्षाको भेल समेत पसेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेको विषयलाई आधार बनाएर विद्यालय व्यवस्थापन समितिले पत्रकार खड्का विरुद्ध गाउँपालिकाको न्यायिक समितिमा उजुरी हालेको जनाएको थियो ।

सोही विषयलाई लिएर शनिवार विद्यालयमा आयोजित भेलाले मुद्दा फिर्ता लिने सहमति गरेको हो । माइजोगमाई गाउँपालिकाको न्यायिक समिति सदस्य तथा १ नं वडाका वडा अध्यक्ष याम कार्कीको रोहबरमा सम्पन्न भेलामा विद्यालय व्यव्स्थापन समिति नेपाल पत्रकार महासंघका प्रतिनिधी, स्थानिय बुद्दिजिवी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

यता विद्यालय व्यवस्थापन समितिले भने आफूहरु मुद्दा प्रक्रियामा जानु गतल भएको स्विकारेको छ । तर कोरोना महामारीका कारण विद्यालयको व्यवस्थापनमा केही कमजोरी भएको भए समाजिक सञ्जालमा फोटो पोष्ट गर्नु भन्दा समितिका पदाधिकारीलाई मौखिक जानकारी गराएको भए उपयुक्त हुने दावी गरेको छ ।

भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सालिग्राम पौडेलले आजबाट उक्त मुद्दा पूर्ण रुपमा निष्क्रिय भएको र आगामी दिनमा उक्त मुद्दा नउठाइने प्रतिबद्धता व्यक्त गर्नु भयो । सञ्चारकर्मी खँड्काले विद्यालयका सकारात्मक तथा नकारात्मक हरेक कुराहरु उठाउँदै विद्यालय सुधारका लागि रचनात्मक सहयोग गर्ने बताउनु भयो ।

वडाध्यक्ष कार्कीले समितिले उजुरीका लगि गाउँपालिका पठाएको उजुरी पत्र भेलामै च्यात्दै उक्त उजुरी आजैबाट समाप्त भएको बताउनु भयो । भेलामा अविभावकले बिद्यालयमा पठनपाठन राम्रो नभएको, बिद्यालयको भौतीक सं।रचना जिर्ण भएको र आर्थिक अनियमितताका सवाल उठाउदै बिद्यालय सुधारमा जोड दिएका थिए ।छलफल पछि लिखित सहमति गर्दै खडका बिरुद्द लगाईको मुद्दा फिर्ता लिएको उल्लेख गरिएको छ ।
मुद्दै दर्ता नभई गाउँपालिका उपाध्यक्ष सावित्रा भटराईले दवाबको भरमा पत्रकार खड्कालाई फोन गरी मुद्दा परेको भनी तर्साउने काम गनु भएको थियो । वडाध्यक्ष कार्कीले मुद्दा नै दर्ता नभई उपाध्यक्षले यसरी फोन गर्नु सरासर गलत भएको बताउनु भयो । उहाले उक्त बिषय कार्यपालिकामा उठाउने प्रतिबद्धता जनाउनु भयो ।
छलफल पछि भएको सहमति पत्रमा वडाध्यक्ष कार्की , बिब्यस अध्यक्ष पौडेल , बिनु खड्का ,पत्रकार महासंघ इलामका सह सचिव प्रेम अधिकारी, रेडियो बुद्दबाणीका प्रवन्ध निर्देशक दिनेश महत, अग्रज पत्रकार हरी लईटेल , जिवन शर्मा , पूर्व शिक्षक केशवराज पौडेल , पत्रकार नरेन इलामेली ,डम्बर निरौला लगायतले हस्ताक्षर गरेका छन

Leave a Reply

Your email address will not be published.