जन्मदिनको खर्च कटाएर ‘वाल हित’ कोष

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ प्रमोसन स्वास्थ्य/शिक्षा

प्रेम अधिकारी फिक्कल: इलामको सूर्योदय नगरपालिका ९ का ४ बर्षीय वालक आदित्य शर्माको जन्मदिनमा केक काटीदैन । पूर्व प्राथमिक तहमा अध्ययन गर्ने आदित्यको जन्मदिनमा थोरै भएपनि समाजलाई सकारात्मक सन्देश दिने कार्य गरीदै आएको छ । उहाको परिवाले आदित्यको जन्मदिनमा खर्च गर्ने रकम वाल हित कोषमा जम्मा गरेर उदाहरणीय काम गर्दै आएको छ । आदित्यलाई सानै देखि बचत गर्न सिकाउनु र समाज प्रति उत्तरदायी बनाउनु उहाको परिवारको लक्ष्य रहेको छ ।
इलामको सूर्योदय नगरपालिका वडा नम्बर ९ मा वालवालिकालाई फजुल खर्च गर्नबाट बचाएर बचत गर्न सिकाउने उद्देश्यले जन्मदिनमा वाल हित कोषमा रकम जम्मा गर्न थालिएको छ । जन्मदिनमा धेरै खर्च गर्ने र जन्मदिन खर्चीलो हुँन थालेपछि वडा कार्यालयको संयोजनमा जन्मदिनमा गरीने फजुल खर्च कटाएर वडा कार्यालयले स्थापना गरेको वाल हित कोषमा रकम जम्मा गर्न थालिएको हो ।
१४ बर्ष मुनीका वालवालिकाले उक्त वडामा जन्मदिन बनाउदा आफनो इच्छाले कोषमा रकम जम्मा गर्न थालेका छन् । वडाको संरक्षणमा समिति बनाएर यसरी जम्मा भएको रकम वालवालिकाको हितमा खर्च गर्नलाई वडाले कार्यबिधि निर्माणको काम समेत थालेको । समाजमा बिभिन्न थरीका मानिसको बसोबास हुन्छ । सम्पन्न परिवारका वालवालिकाले धेरै खर्च गरेर जन्म दिन मनाउन थालेपछि सामान्य आर्थिक अवस्था भएका परिवारमा त्यसको असर पर्ने गरेको छ ।
देखासिखीका कारण सबै वालवालिकाले भड्किलो तरीकाले जन्मदिन मनाउन थालेपछि यस्तो अभियान संचालन गरिएको सूर्योदय नगरपालिका ९ का वडाध्यक्ष देवेन्द्र शर्माले जानकारी दिनु भयो । वडाध्यक्ष शर्माले वालवालिकालाई सानै देखि बचत गर्न सिकाउनु र सामाजिक दायित्व बोध गराउन सिकाउने प्रतत्न रुवरुप उक्त अभियान थालिएको बताउनु भयो । ‘फजुल खर्च गर्नु हुँदैन भन्ने ज्ञान वालवालिकामा होस भनेर अभियान थालेका हौ’वडाध्यक्ष शर्माले भन्नु भयो ।
जन्मदिनको खर्च कटाएर कोषमा वडा नम्बर ९ का देवेन्द्र शर्माले आफना छोरा आदित्यको जन्मदिनमा १० हजार १ रुपियाँ , जय राईले आफना छोरा जोयसको जन्मदिनमा कोषमा पाँच हजार एक रुपियाँ , अनिल राईले छोरा आर्यनको जन्मदिनमा पाँच हजार एक रुपियाँ, त्यस्तै बिकास राईले छोरी मोग्नि राईको जन्मदिनमा चार हजार १ रुपिया जम्मा गरेर कोषको स्थापना गर्नु भएको थियो । अहिले वडाभरीका वालवालिकाले आफनो जन्मदिनमा कोषमा रकम जम्मा गर्न थालेका छन् । जोयसका बुबा जय राईले उक्त अभियामा सबै वडाबासी वालवालिकाका अविभावकले सकारात्मक साथ दिन थालेको बताउनु भयो ।
वडाले वालवालिकाको समिति बनाएर संस्था दर्ता गर्ने तयारी गरिरहेको छ । यसरी जम्मा भएको रकमबाट अनाथ असाहय तथा गरिव वालवालिकाको शिक्षा, स्वास्थ्य र प्रोत्साहनमा सहयोग गरिने छ । वडाले जन्मदिनमा खर्च कटाएर वाल कोषमा रकम जम्मा गर्नेलाई कोषकै नामबाट संचालन गरिएको फेसबुक पेजमा शुभकामना दिने र सहयोग रकम सार्वजनिक गर्ने गरेको छ ।
वडाले वालवालिकामा भएका प्रतिभालाई वाहिर ल्याउनका लागि वालवालिकाका प्रतिभा झल्कीने फोटो , भिडियो र चित्रकला उक्त पेजवाट सार्वजनिक गर्ने जनाएको छ । वालवालिकाले बनाएका यस्ता सामग्री समेत उक्त पेजमा राखिने गरीएको छ । वडाले दिर्घकालिन लक्ष्यका साथ तीन सहका सरकार संघ समन्वय गरी लागत साझेदारीमा वालवालिका लक्षित कार्यक्रम प्रत्यक्ष वालवालिकाकै सहभागीतामा गर्ने जनाएको छ । वडाका वालवालिकालाई सहभागी गराएर कुलत , दुब्र्यसनी जस्ता बिषयमा नाटक समेत प्रस्तु गरिदै आएको छ ।
सूचना प्रविधिले वालवालिकालाई सुविधा मात्र दिएको छैन । प्रविधिकै कारण वालवालिका बिभिन्न नकारात्मक कार्यमा समेत सम्लग्न बन्दै आएका छन् । तर, सूर्योदयमा थालिएको उक्त अभियानले आगामी दिनमा वालवालिकालाई वचत गर्न सिकाउदै सानैवाट समाजप्रति उत्तरदायी बन्न सिकाउने बिषयमा कुनै दुईमत छैन । मुना मासिकबाट

Leave a Reply

Your email address will not be published.