इलामको रोङ गाउँपालिकाका ७२ बर्षिय खड्ग बहादुर २ कक्षामा पढ्दै

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

गोबिन्द पौडेल, फिक्कल जन्मेदेखी नमरुन्जेल सम्म चलिरहने प्रकिया हो सिकाइ । सिकाई प्रक्रियाले होला दुई कक्षामा अध्यायन गरिरहेका बिद्याथी भन्छन् मनमा शान्ति र ज्ञानको ज्योति लिन बिद्यालय गएको हु ।सुन्दा आश्र्चर्य लाग्न सक्छ ७२ बर्षमा कक्षा २ पढ्छन् खड्ग बहादुर कामी रोङ गाउँपालिका वडा नम्बर ६ को मोतिराम माध्यामिक बिद्यालयमा कक्षा २ मा भर्ना भएका छात्र हुन् कामी।
ऊ बेलाको जमानामा बिद्यालय गएपनि ज्ञान र सिप अपुरो रहेकाले यस बर्षदेखी मोतिरामको नियमित बिद्यार्थी भएको बताउँछन् ।बिद्यालय जाँदा मनमा शान्ति, शरीरमा कसरत र ज्ञान पाइने उनी बताउछन् । बाथ रोगी भएकाले बिद्यालय जाँदा, आउदा कसरत हुन्छ । डी .एक्स. एन.मा ४ बर्ष तालिम गरेको र सत्य साइ सम्पर्क सिक्किमको सदस्य रहेका खड्ग बहादुर हरेक पटकको बोलीमा साइराम भनेर सम्बोधन गरेर बोल्ने गर्छन् ।
अन्य बिधाथीहरुसँग दिनभरसगै बस्ने गरेका छन् कामी ।उनी जिज्ञासु र सहयोगी पनि रहेका छन् । धामिक संगठन सत्य साइ केन्द्र मार्फत बिद्यालयमा आँखा शिबिर चलाउने तैयारीमा रहेका छन् ।मोवाइल फोन बोकेपनि दिनभर स्वीज अफ गर्ने गरेको बिधालयका प्रअ कुमार मगरले बताए । खड्ग बहादुरका भतिजा सोही बिद्यालयका शिक्षक हुन् । भतिजोसँग बिद्यालयमा घरमा जस्तो धक फुकाएर कुरा गर्न नसकेको बताछँन । चार बर्ष अघि श्रीमति गुमाएका खड्ग बहादुरका नाती नातीनी पनि छन् ।बिद्यालयको अतिरिक्त समयमा सर-सफाइ र अन्य काममा निक्कै सहयोग गर्ने गरेका छन् । कक्षामा उनको रोल नम्वर १० रहेको बिद्यालयका प्रधानाध्यापक मगरले बताए ।

Leave a Reply

Your email address will not be published.