इलामको सोयाङमा भिरबाट लडेर राउतको मृत्यु

  • 17
    Shares
इलामको सोयाङमा भिरबाट लडेर राउतको मृत्यु

फिक्कल: इलामको माईजोगमाई ५ सोयाङमा रन बहादुर राउतको शनिबार भिरबाट लडेर मृत्यु भएको छ । बिहान ७ बजे घर बाट नजिकैको पसलमा सामान लिन गएका ४५ बर्षीय राउतको घर नजिकैको रमित्तेडाँडा भिरबाट लडेर मृत्यु भएको हो ।
राउत घर नफर्कीए पछि स्थानीयले खोजतलास गर्दा भीरमा मृत अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेका थिए । मृतक राउतको लास पोसमार्टमको लागि इलाम अस्पताल लगिएको छ । घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।