इलामको माङसेबुङबाट अबैध काठ सहित ट्याक्टर र चालक पक्राउ

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १

फिक्कल: इलामको माङसेबुङ गाँउपालिकाबाट प्रहरीले अवैध काठ बरामद गरेको छ । वडा नं.–१ फेवा खोला स्थितमा प्रहरी चौकी ईभाङ र अस्थाई प्रहरी पोष्ट गजुरमुखीधामको संयुक्त प्रहरी गस्ति टोलिले अबैध काठ तस्करी गरी रहेको अवस्थामा मे १ त ४१०३ नं. ट्याक्टरमा लोड भएको साज जातको ७५ थान काठ बरामद गरेको हो ।
प्रहरीले काठ सहित ट्याक्टर चालक माङसेबुङ गाँपालिका वडा नं.१ बस्ने बर्ष–२३ को मिलन निरौला समेतलाई नियन्त्रणमा लिई काठ, ट्याक्टर र चालकलाई अनुशन्धानको लागि इलाका प्रहरी कार्यालय मंगलबारेमा राखेको छ । काट । सवारी चालकलाई प्रहरीले थप कार्वाहीको लागि माङसेबुङ सवडिभिजन वन कार्यालय पठाउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published.