सिद्धबाबा दुग्ध उत्पादक सहकारी संस्थाको प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १

कन्याम: इलामको सूर्योदय नगरपालिका ८ मा रहेको सिद्धबाबा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष निरकुमार प्रधानको अध्यक्षता तथा वडा सदस्य लाल बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल लाईभस्टक सेक्टर इनोभेषन आयोजनाको ५० प्रतिशन अनुदानमा संचालन हुँन लागेको कार्यक्रमको सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
गुणस्तरीय दुध उत्पादन र बृद्धि गर्ने लक्ष्यका साथ पशुपक्ष बिकास मन्त्रालय अन्र्तगत इनोभेषनको ५० प्रतिशत अनुदानबाट ८ लाख ५६ हजार ५ सय , संस्थाको बितीय ऋण बापतको ३० प्रतिशतको ५ लाख १४ हजार र संस्थाको स्वलगानी २० प्रतिशत बापतको ३ लाख ४२ हजार ६ सय गरी जम्मा १७ लाख १३ हजारको कार्यक्रम संचालन गरी संस्थाका अध्यक्ष प्रधानले जानकारी दिनु भयो ।

सार्वजनिक सुनुवाईमा अध्यक्ष तथा उक्त योजनाका कार्यक्रम संयोजक प्रधानले थोरै रकमको कार्यक्रम भए पनि पारदर्शी ढंगले संचालन गरीने बताउनु भयो । अध्यक्ष प्रधानले गाउँघरका किसानलाई लक्षित गरी संचालन गरीएको कार्यक्रम भएकाले सबैलाई उक्त कार्यक्रम सफल पार्न सहयोग गर्न आग्रह गर्नु भयो । उहाले उक्त रकमबाट संस्थाले चिलिमभ्याट (दुध चिस्याउने मेसीन) र जेनेरेटर खरिद गर्ने जानकारी दिनु भयो ।

कार्यक्रममा वडा सदस्य लाल बहादुर तामाङले स्थानीय सरकारले सहकारी क्षेत्रलाई समेट्न नसकेकाले सहकारी क्षेत्रमा समस्या भएको बताउनु भयो । उहाले वडाध्यक्षले जनतालाई समय दिन नसकेको आरोप लगाउनु भयो । उहाले नगरले सहकारी संस्थालाई सहयोग पुग्ने गरी कार्यक्रम ल्याउन नसकेको बताउनु भयो ।
उक्त कार्यक्रममा सूर्योदय नगरपालिकाका पशु शाखा प्रमुख बिपिन सिंहले गाउँका किसान लक्षित कार्यक्रम भएकाले उक्त कार्यक्रम सफल पार्न आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।कार्यक्रममा सयपत्री चिया सहकारीका अध्यक्ष राजेन्द्र तुम्लिङ्गेले नगरले सहकारीलाई बिभेद गरेको बताउनु भयो । उहाले वडाले सहकारी क्षेत्रमा चासो नै नदिएको बताउनु भयो । सहकारीको अनुगमन र नियमन गर्ने कुरामा नगरले ध्यान नदिएको उहाले आरोप लगाउनु भयो ।
कन्याम दुग्ध चिस्यानका ब्यवस्थापक रविन निरौला ,सहकारीकर्मी अम्बिका कट्टेल लगायतले मन्तब्य राख्नु भएको कार्यक्रमको संचालन सहकारीका ब्यवस्थापक पदम गिरीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.