इलामको साङरुम्बाकी भूमीका ढकाल माघेबाट बेपत्ता

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १

फिक्कल: इलाम नगरपालिका १२ साङरुम्बाकी २४ बर्षीय भूमीका ढकाल सूर्योदय नगरपालिका ११ माघेबाट बेपत्ता भएकी छिन् । सूर्योदय नगरपालिका ११ माघेमा रहेको आफन्तको घरमा बस्दै आएकी भूमीका गत सोमबार दिउसो कोरोना बिरुद्धको खोप लगाउन भनी घरबाट हिडे संगै बेपत्ता भककी हुँन ।
कक्षा १२ को परीक्षा दिएर आफनो दिदी भिनाजुकोमा बस्दै आएकी भूमीका पंचकन्या स्वास्थ्य चौकीमा खोप लगाउन भनी सोमबार दिउसो १२ः१५ बजे घर बाट हिडेकी थिईन । केहि समय पछि मेची राजमार्गमा देखा परेकी उनी घर नफर्कीए पछि परिवार र आफन्त तनावमा परेका छन्।
बेपत्ता भूमीकाका भिनाजु योगनिधि भट्टराईले परिवार र आफन्तकामा खोजतलास गर्दा उनी फेला नपरे पछि प्रहरी र माईती नेपालमा जाहेरी दिएको जानकारी दिए । भट्टराईले भूमीकाले मोवाईल समेत नबोक्ने गरेको जानकारी दिए । भट्टराईले कहि कतै फेला परे नजिकको प्रहरी कार्यालय वा आफन्तलाई खबर गरिदिन आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published.