इलामको सूर्योदय नगरपालिकाका पहिरो पीडित बालवालिकालाई मानवअधिकार मञ्च इलामको सहयोग

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

फिक्कल : इलामको सूर्योदय नगरपालिकाका ६ परिवारका ८ जना पहिरो पीडित बालवालिकालाई मानव अधिकार मञ्च नेपालले विभिन्न सामाग्री सहयोग गरेको छ ।सूर्योदय नगरपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाको समन्वयमा मानव अधिकार मञ्च नेपालले पहिरोले बिस्तापित भएका १८ बर्ष मुनिका ८ जना बालवालिकालाई खाद्यान्न सामग्री ,लत्ताकपडा ,स्वास्थ्य सामग्री र स्टेसनरी सामग्री गरि ८६ हजार २ सय रुपैयाँ बराबरको सहयोग गरेको बालहेल्प लाईन इलामका प्रमुख भक्त थामीले बताउँनु भयो ।
मानव अधिकार मञ्च नेपाल इलामका कार्यकारी निर्देशक देब्रेन्द्र बिश्वकर्माले नगर उपप्रमुख दुर्गादेवी भट्टराई ,प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल,प्रसासकीय अधिकृत सबिना चौलागाईं , वडा नम्बर ३ का अध्यक्ष होम बहादुर कार्कीलाई सामग्री हस्तान्तरण गर्नु भएको छ ।उक्त सामग्री पीडित बालवालिका साक्षी धमाला , सानिभ्या धमला र प्रिन्स गुरुङ ,सौजन महरा ,दिप्सन थापा ,निष्चल तामाङ र लाक्पा छेदा शेर्पालाई हस्तान्तरण गरिएको छ ।यहि महिना भित्र इलामको माङसेबुङ्ग,फाकफोकथुम र देउमाई नगरपालिकामा र त्यसपछि पाँचथरमा उक्त कार्यक्रम गरिने बालहेल्प लाईन इलामका प्रमुख भक्त थामीले बताउँनु भयो ।

Leave a Reply

Your email address will not be published.