इलाममा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

फिक्कल: इलाममा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन भएको छ ।इलाम नगरपालिका , सूर्योदय नगरपालिका सहितका सबै स्थानीय तहमा बिभिन्न कार्यक्रम गर्दे अभियान सम्पन्न भएको हो ।
इलाम नगरपालिकाका उप–प्रमुख शुसिला नेम्बाङको अध्यक्षता तथा नगर प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यता इलाममा समापन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी धुब्र बहादुर खड्का, बिभिन्न सरकारी तथा ग्रैह्र सरकारी कार्यालयका प्रमुख, न्यायिक समितिका सदस्य अन्य सरोकारवाला र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय इलामको सहकार्य तथा इलाम नगरपालिका न्यायिक समिति इलामको आयोजनामा संचालन भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले कार्यपत्र प्रस्तुतिकरण गर्नु भएको थियो ।
कार्यक्रममा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी धुब्र बहादुर खड्का, मानव अधिकारका लागी महिला मन्ञ्चका अध्यक्ष सारदा उप्रेति, उच्च वार इलामका अध्यक्ष विर बहादुर खड्का र प्रमुख अतिथी तथा इलाम नगर पालिकाका प्रमुख महेश बस्नेतले आफ्ना भनाई राख्नु भएको थियो । कार्यक्रमको समापन इलाम नगरपालिकाका उप–प्रमुख शुसिला नेम्बाङले गर्नु भएको छ ।
मंसिर ९ गतेबाट मंसिर २४ गते सम्म इलाम जिल्ला भर संचालन भएको लैंगिक हिंसा विरुद्धको कार्यक्रम बिद्यालय तथा ग्रामिण भेगहरुमा गरी १३२ वटा कार्यक्रम संचालन गरीएको थियो भने कार्यक्रमबाट झण्डै ६००० जना ब्यक्तिहरु लाभान्वित भएका थिए ।यस्तै इलामको सूर्योदय नगरपालिकामा सडक नाटक सहितका बिभिन्न कार्यक्रम गरी अभियान सम्पन्न गरिएको छ । नगरले बिद्यालयमा जनचेतना मुलक कार्यक्रम समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published.