इलामको तुम्लिङ्गमा प्याराग्लाइडिङको परीक्षण उडान , नियमित उडानका लागि पहल गरिदै

Breaking News Hot News Mukya Samachar Special News Trending पर्यटन प्रदेश नं. १

फिक्कल: इलामको माइजोगमाई गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल तुम्लिङ्गमा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ ।
पर्यटकले नयाँ नयाँ गन्तब्य रोजीरहेको बेला सन्दकपुर सर्किटलाई छोएको तुम्लिङ्गबाट पर्यटकलाई थप आर्कषित गर्न प्याराग्लाइडिङको परीक्षण उडान गरिएको हो । काठ्माण्डौ र पाखराबाट आएको प्राविधिक टोलीले उक्त क्षेत्रमा प्याराग्लाइडिङको परीक्षण उडान भरेर नियमित गर्न सकिने जनाएको छ ।
उच्च क्षेत्रमा रहेको लेकाली क्षेत्र तुम्लिङ्ग पर्यटकका लागि नयाँ गन्तब्यका रुपमा बिकास भैरहेको छ । तुम्लिङ्ग समुन्द्र सतहबाट ३ हजार मिटर माथि उचाईमा रहेको छ । जहाँ बंगाली पर्यटकको बाक्लो आवागमन हुँने गरेको छ ।
तुम्लिङ्ग जौबारी , टङ्लु , थुम्केरानी लगायतका क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङ उडानको परीक्षण गरिएको माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राईले बताउनु भयो । उहाले केहि स्थानबाट सफल परीक्ष्ण उडान भएकाले चाडै थप सर्भेको काम गरिने जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘पर्यटकका लागि अथाह संभावना भएको तुम्लिङ्गको बिकासमा हामी लागि परेका छौ, चाडै नियमित उडानका लागि पहल गर्छौ ।’
गाउँपालिकाले माथिल्लो क्षेत्रको बिकासका लागि योजना नै बनाएर काम थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भागवत प्रसाद रेग्मीले जानकारी दिनु भयो । उहाका अनुसार तुम्लिङ्गलाई पर्यटकीय गन्तब्य बनाउन गाउँपालिकाले बजेटको समेत ब्यवस्था गरेको छ । तुम्लिङ्गमा गत बर्ष नै प्रदेश सरकारको लगानीमा पर्यटन पार्कको थालनी गरिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत रेग्मीका अनुुसार थुम्के क्षेत्रमा पर्यटन पार्क र पोखरी निर्माणका लागि चालु आर्थिक बर्षमा २५ लाख रुपैया बिनियोजन गरिएको छ । ‘ गाउँपालिकाको माथिल्लो पर्यटकीय क्षेत्रको बिकास गर्न सके गाउँपालिकाको आन्तरिक आम्दानी समेत बढ्छ ’ प्रमुख प्रशासकीय अधिकृत रेग्मीले भन्नु भयो ।
गाउँपालिकाले थुम्के , जौबारी लगायतका क्षेत्रमा गत बर्ष होमस्टे संचालनमा सहयोग पु¥याउने उद्देश्यले तालिम समेत संचालन गरेको थियो । जौबारीमा देशकै प्रख्यात कृषि अनुसन्धान केन्द्र र बागबानी बिकास केन्द्र रहेको छ । जौबारी सम्मको बाटो समेत पालिकाको पहलमा निर्माणले गति लिईरहेको छ ।

तुम्लिङ्गमा प्याराग्लाइडिङको परीक्षण उडान गरिदै

Leave a Reply

Your email address will not be published.