प्याब्सन इलामको जिल्ला अध्यक्षमा रगुन गुरुङ

प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

फिक्कल प्याब्सन इलामको जिल्ला अध्यक्षमा रगुन गुरुङ चयन हुँनु भएको छ । जिल्ला कार्य समितिको नवौं अबिधेसनले बरिष्ठ उपाध्यक्ष रहनु भएको गुरुङलाई अध्यक्ष चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा नुनुमा राई , उपाध्यक्षमा देव नारायण बराल, सचिवमा छवि लम्साल, सह सचिवमा मेघ अधिकारी र कोषाध्यक्षमा देउकुमार राई चयन हुँनु भएको छ । अन्य १५ जना सदस्य समेत भेलाले चयन गरेको छ ।
निर्वतमान अध्यक्ष बिकास कर्मचार्यको सभापतित्वमा भएको कार्यक्रममा संबिधान सभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङ , प्याब्सन प्रदेश १ का अध्यक्ष युवराज बाशिष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.