इलाममा इलाम नगरपालिकाको लगानीमा आँखा अस्पताल सञ्चालन

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

फिक्कल: इलाम नगरपालिकाले आँखा अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याएको छ । नगरपालिकाले सामुदायिक आँखा अस्पताल सञ्चालन र ब्यवस्थापनको लागि स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर छुट्टै कार्यविधि जारी गरी अस्पताल निर्माण गरेको नगर उपप्रमुख शुशिला नेम्माङले बतईन ।

जिल्लामा स्थापना भएको सामुदायिक आँखा अस्पताल स्थानीय तहले सञ्चालन गरेको देशकै पहिलो अस्पताल रहेको बताईएको छ ।सामुदायिक आँखा अस्पताल निर्माणको लागि अघिल्लो आर्थिक वर्षमा इलाम नगरपालिकाले रकमान्तर गरेर ५० लाख रुपैयाँ जुटाएको थियो । चालु आर्थिक वर्षमा भने एक करोड रुपैयाँ विनियोजन भएको छ । विनियोजित रकम मध्ये ५७ लाख ९० हजार रुपैयाँ खर्च भएको छ । त्यसमध्ये ५३ लाख २४ हजार रुपैयाँ पुँजीगतमा र चार लाख ६५ हजार रुपैयाँ सञ्चालनमा खर्च भएको छ ।

सामुदायिक आँखा अस्पतालमा अहिले शल्याक्रिया बाहेकको सेवा उपलब्ध छ । आखाको जनरल ओपिडी, जनरल उपचार, सामान्य अप्रेसन, चस्मा बनाउने लगायतको सेवा दिइनेछ । जिल्लामा आँखा अस्पताल नहुँदा आँखाका सामान्य बिरामीले पनि जिल्ला बाहिर गएर सेवा लिनुपर्ने अवस्था थियो । सामुदायिक आँखा अस्पतालमा सातौ तहको एक जना नेत्र विषेशज्ञ, पाँचौ तहको एक जना नेत्र सहायक, एक जना फार्मेसिष्ट र एक जना चस्मा बनाउने प्राविधिक कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published.