इलाममा नेकपा एमालेको जिल्ला अधिवेशनको तयारी तिब्र, ८१ वडामै छनौट भए प्रतिनिधि

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १

इलाम: आगामी पुस २३ गते हुने जिल्ला अधिवेशनका लागि नेकपा एमाले इलामले बिहीबार जिल्लाका ८१ वटै वडामा प्रतिनिधि छनौट गरेको छ ।सबै वडामा सर्वसम्मत ढंगबाट प्रतिनिधि छनौट सम्पन्न भएको एमाले प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले बताए ।
एमालेले १५ हजार २६५ पार्टी सदस्यबाट अधिवेशन प्रतिनिधि छनौट गरेको छ । प्रतिनिधि मध्ये इलाम नगरपालिकामा मात्रै १२ वटा वडा र छ वटा इलाकाबाट १२३ जना प्रतिनिधि छनौट भएका छन् । अन्य नगरपालिका र गाउँपालिकाबाट भने प्रतिनिधिको सम्पूर्ण विवरण आइ नसकेको प्रचार विभाग प्रमुख अधिकारीले बताए । ‘सबै पालिका र वडाबाट फारम भरेर पठाउनु पर्नेहुँदा समय लाग्ने अवस्था छ । पार्टी सदस्यताको संख्यालाई यकिन गर्दा करिब ७ सय प्रतिनिधि अधिवेशनमा सहभागी हुने अवस्था देखियो ।’ अधिकारीले भने ।
एमाले जिल्ला कमिटीले यसअघि ४५ खुल्ला पुरुष बराबर एक प्रतिनिधि, २२ महिला बराबर एक प्रतिनिधि र ११ दलित बराबर एक प्रतिनिधि रहने टुङ्गो लगाएको थियो । त्यसै अनुसार जिल्लाका ८१ वटै वडाबाट प्रतिनिधि छनौट भएका हुन् । प्रतिनिधि हुनबाट छुटेका र प्रतिनिधित्व गराउनै पर्ने पार्टी सदस्यहरु पाँच प्रतिशतलाई वर्तमान जिल्ला कमिटीले मनोनित गर्नेछ ।
एमालेको एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उप–सचिव सहितको १०५ सदस्य जिल्ला कमिटी रहने छ । निर्वाचित समितिमा महिला तर्फ समावेशी ढंगले ३५ जना महिला रहने छन् । निर्वाचित जिल्ला कमिटीले अन्य दलबाट आएका सदस्यहरुलाई माथिल्लो कमिटीको स्वीकृतिमा १० प्रतिशत मनोनित गर्न सक्ने व्यवस्था विधानले गरेको एमालेले जनाएको छ ।
प्रतिनिधि छनौट पछि अविधेशनको तयारीको काम हुने प्रचार विभाग प्रमुख अधिकारी बताउँछन् । एमालेले अधिवेशनका लागि अलग–अलग राजीनितिक प्रतिवेशन र सांगठनिक प्रतिवेदन बनाउने छ । यस्तै अर्थ तथा स्रोत परिचालन समिति, आवास तथा खाद्य समिति, प्रचार समिति, स्वयंसेवक समिति, प्रतिनिधि दर्ता समिति, स्वास्थ्य तथा आकस्मिक सेवा समिति लगायतका सबै समितिहरुले आ–आफ्ना जिम्मेवारीका काम थालेको बताइएको छ ।एमालेले गौतम वुद्ध सभागृहमा अधिवेशन सम्पन्न गर्ने जनाएको छ ।

जिल्ला अधिवेशनको तयारीमा नेकपा एमाले

पुस २३ गते हुने देशै भर हुने जिल्ला अधिवेशनको तयारीका लागि नेकपा एमाले इलाम पनि जुटेको छ । सभ्य र भव्य ढंगले जिल्ला अधिवेसन सफल पार्न एमाले इलाम तयारीमा लागेको हो । आगामी पुस २३ गते हुने देशै भर हुने जिल्ला अधिवेशनका लागि राजीनितिक प्रतिवेशन र साँगठनिक प्रतिवेदन तयारी थालेको छ । यस्तै अर्थ तथा स्रोत परिचालन समिति, आवास तथा खाद्य समिति, प्रचार समिति, स्वयंसेवक समिति, प्रतिनिधि दर्ता समिति, स्वास्थ्य तथा आकस्मिक सेवा समिति लगायतका आवश्यक समिति निर्माण गरिएको एमालेले जनाएको छ । इलाममा १३ हजार ३०२ पार्टी सदस्य रहेको र क्षेत्रगत ढंगले प्रतिनिधित्व गराउने गरि एमाले अगाडि बढेको बताईएको छ । ४५ खुल्ला पुरुष बराबर एक प्रतिनिधि, २२ महिला बराबर एक प्रतिनिधि र ११ दलित बराबर एक प्रतिनिधि रहने टुङ्गो लगाएको एमालेले जनाएको छ । यस्तै सल्लाहकार समितिबाट १५ जना, इलाम काठमाडौं सम्पर्क मञ्चबाट तीन, इलाका र भूगोलबाट गरि करिब साढे छ सय प्रतिनिधि सहभागी हुने बताइएको छ । प्रतिनिधि हुनबाट छुटेका र प्रतिनिधित्व गराउनै पर्ने पार्टी सदस्यहरु पाँच प्रतिशतलाई वर्तमान जिल्ला कमिटीले मनोनित गर्ने जिल्ला अध्यक्ष महेश बस्नेतको भनाई छ ।

Leave a Reply

Your email address will not be published.