माई नगरपालिकामा एक दिने स्वास्थ्य शिविर सम्पन्न

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

माई : इलामको माई नगरपालिकामा एक दिने निःशुल्क स्वास्थ शिबिर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाको आयोजना र सानिमा हाइड्रो पावर लिमिटेड माईको प्रायोजनमा सितली बजारमा भएको शिविरलाई आनन्द डाईग्नोसष्टीक सेन्टर बिर्तामोड, संजीवनी हार्ट अस्पताल बिर्तामोड, ठाकुर पोली क्लिनिक बिर्तामोड, मेची नेत्रालय काकरभिट्टा झापा, माई अस्पताल ईलामको प्राविधिक सहयोग तथा दानाबारी स्वास्थ्य शाखाको समन्वयमा सम्पन्न भएको स्वास्थ शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिए ।

माई, देउमाई,इलाम र मेची नगरपालिकाका गरी २४८ महिला सहित ४२६ जना सेवाग्राहीले सेवा लिएका थिए । शिबिरमा वरिष्ठ फिजिसियन डा पिताम्बर ठाकुर, हाडजोर्नी नशा रोग विशेषज्ञ डा आनन्दराज खनाल, स्त्री रोग विशेषज्ञ डा मेघना तिवारी, मुटु रोग विषेशज्ञ डा सी।पी यादव र दृष्टि रोग विषेशज्ञ द्वय डा योगेन्द्र राउत र डा सन्ध्या भट्टराईले परिक्षण गरेका थिए ।नेपाल रेडक्रस सोसाईटी दानाबारी उपशाखा अध्यक्ष मित्र प्रसाद गौतमको अध्यक्षता र सचिव हरि प्रसाद गुरागाईको सञ्चालनमा शिबिर समापन गरिएको हो ।

Leave a Reply

Your email address will not be published.