माई नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

फिक्कल: इलामको माई नगरपालिकाको दानाबारीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाको आयोजना , सानिमा माई हाइड्रोपावर लिमिटेड, लाइफलाइन अस्पताल दमकको प्रायोजन र नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा रत्तः सञ्चार सेवाको प्राविधिक सहयोगमा दुई चरणमा एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
बिहान १० महिला सहित ४३ र दिउँसो सीतलीमा १५ महिला सहित ५६ गरी कुल ९९ जना रक्तदाताले रगत दान गरेको उपशाखा सभापति मित्रप्रसाड गौतमले बताउनु भयो। रक्तदान कार्यक्रम संयोजक शिव भण्डारीका अनुसार कार्यक्रम समापनको अवसरमा प्रायोजक र प्राविधिक सहयोग गर्ने संस्थालाई धन्यवाद सहित मायाको चिनो स्वरूप पाल्पाली ढाका टोपी वितरण गरिएको थियो। बिहान शुक्रबारेमा सम्पन्न समापन कार्यक्रममा रेडक्रस उपशाखाको तर्फबाट शसस्त्र प्रहरी बल माईमा भर्खरै सरुवा भई आउनु हुने प्रहरी निरीक्षक राजकुमार बस्नेतलाई स्वागत गरिएको थियो । २०७८ असर १ गतेदेखि सोही बलमा कार्यरत बिर्तामोड शसस्त्र प्रहरी निरीक्षक देवेन्द्रकुमार मैनालीलाई विदाई गरिएको उपशाखा सचिव हरिप्रसाद गुरागाईंले जानकारी दिनु भयो।

Leave a Reply

Your email address will not be published.