इलाम बजार र नयाँबजारमा तपाईको मास्क खोई ?अभियान संचालन

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

इलाम: कोभिड–१९ को पहिलो तथा दोस्रो लहरको नियन्त्रण संगै पुनः कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालम पनि क्रमिक रुपमा फैलिरहेको बेला इलाममा तपाईको मास्क खै ? अभिया संचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामको नेतृत्वमा जिल्लामा अभियान शुरू गरेको हो । स्वास्थ्य सुरक्षाका मापडण्ड सम्बन्धी सचेतना जगाउने, मास्क नलगाउने पैदल यात्रु, सवारी साधनका चालक, सहचालक, यात्रु तथा सर्वधारणलाई मास्क समेत बितरण गरीएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाको कमाणडमा खटिएको टोलिले चोकबजार, जिरो,धोबिधारा, बिप्ल्याटे बजार, गोलाखर्क लगायतका एरियामा स्थानिय मानिसहरुलाई सचेत गराई मास्क समेत बिरतण गरेको छ ।
यस्तै इलामको माईजोगमाई गाउँपालिकाको नयाँबजारमा पनि माक्स खोई अभियान संचालन गरिएको छ ।गाउँपालिका अध्यक्ष जितबहादुर राईको नेतृत्वमा प्रहरी सहितको टोलीले माक्स वितरण गरेको थियो । मंगलबारे हटियाको दिन भिड हुँने भएकाले माक्स बितरण गरिएको जनाईएको छ ।

गाउँपालिका अध्यक्ष जितबहादुर राईको नेतृत्वमा प्रहरी सहितको टोलीले माक्स वितरण गर्दै नयाँबजारमा

Leave a Reply

Your email address will not be published.