इलाम अस्पताललाई तीन लाख नगद हस्तान्तरण

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा


इलाम: इलाम अस्पताललाइ आवश्यक उपकरण खरिदका लागि नगद सहयोग गरिएको छ । ‘इलामेहरुको पिडामा मल्हम पट्टी हाम्रो अभियान, कोभिड ब्यवस्थापन तथा राहत कोष’ नामक समूहले नगद तीन लाख सहयोग गरेको हो ।
जिल्लामा क्रियाशिल इलाम उद्योग वाणिज्य संघ इलामको नेतृत्वमा नेपाल रेडक्रस सोसाइटी र नेपाल पत्रकार महासंघ सदस्य रहेको संस्थाले इलाम अस्पताललाई नगद सहयोग गरेको हो । इलामका दुई जना समाजसेवी रतनमुकार चौधरी र निरोजखड्गी समेत सदस्य रहेको समुहले इलाम अस्पताल सञ्चालक समिति इलामका प्रमुख गणेश बराललाई बिहिबार तीनलाखको चेक हस्तान्तरण गरेको छ ।
तेस्रो चरणको कोरोना महामारी फैलिने क्रम बढेको भन्दै अस्पताललाई सहयोग गरिएको समूहका अध्यक्ष इश्वर चिपालुले बताउनुभयो । चेक बुझ्दै अस्पताल सञ्चालक समिति संयोजक बरालले यो रकम दुरुपयोग नहुने बताउनुभयो । उहाँले इलाम अस्पताललाई मजबुत बनाउन जिल्लाबासीको साथ आवश्यक रहेको बताउनुभयो ।
यस समूहले गएको कोरोना महामारीमा जिल्लाका १० वटै स्थानिय तहलाई नगद डेढ लाखका दरले पर्ने स्वास्थ्य सामाग्री समेत बितरण गरेको थियो । समूहले अस्पताललाई आवश्यक बेड, सेनिटाइजर, पिपिइ सेट, फेससिल लगायतका सामाग्री बितरण गरिएको थियो ।
इलामबासी देश बाहिर रहेका नागरिकहरुबाट रकम उठाएर बितरण गरिएको समूहका सदस्य निरोज खड्गीले बताउनुभयो ।
यस समूहले माई नगरपालिकामा भने इसिजी गर्ने मेसिन बितरण गरेको थियो । बाहिर रहेका नागरिकहरुबाट यस समूहलाई नगद ४० लाख प्राप्त भएको थियो । यस रकमबाट १० वटा स्थानिय तहलाई डेढ लाखका दरले १५ लाख रकम खर्च भइसकेको छ । त्यस्तै इलाम अस्पताललाई ३ लाख समेत माई नगरपालिकामा इसिजी मेसिन लगायतमा गरि समूहमा अव १८ लाख रकम बाँचेको रेडक्रसका बसन्त तिम्सिनाले बताउनुभयो । बाहिर रहेका नागरिकहरुले अब इलाम रेडक्रसको एम्बुलेन्स पुरानो भएकाले एम्बुलेन्स खरिख गर्न आग्रह गरेकाले बाचेको रकमबाट एम्बुलेन्स खरिख गर्ने लक्ष रहेको नेपाल पत्रकार महासंघका अध्यक्ष तथा समूहका सदस्य बिप्लब भट्टराईले बताउनुभयो ।
जिल्लामा सानो स्वास्थ्य समस्या हुँदा पनि बाहिर जानु पर्ने समस्या रहेको छ । यसलाई रोक्नका लागि समेत यस समूहले पहल गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.