रोङ ५को नाखोपामा रहेको माई मन्दिरको पुन: निर्माण

घुमफीर जीवन शैली प्रदेश नं. १

गोबिन्द पौडेल: रोङ गाउँपालिका वडा नं ५को नाखोपामा प्राचिन कालदेखी अवस्थित माइमन्दिरको पुर्न निर्माण गरिएको छ । मन्दिर जिर्ण भएपछि रोङ गाउँपालिकाले तीन बर्ष अघि १ लाख पचास हजार रुपैया बिनियोजन गरी पुन निर्माण थालेको थियो । चालु आर्थिक बर्षमा प्राप्त ३ लाख सहयोग गरि कुल चार लाख पचास हजारको लागतमा मन्दिरको पुन निमार्ण कार्य समेत सकेर सास्कृतिक बिधि अनुसार शिलाको पूनस्थापना गरिएको छ ।
आस्थाकी देवी माइ भगवती मानिदै आएको प्राचिन समयदेखीनै माइखोलामा गएर भाकल पूरा गर्ने र पूजा अर्चना गरिने संस्कार रहेकोमा यातायातको असुबिधा, रोगी बृद्ध र वालवालिका माइ खोला सम्म पुगेर पूजा अर्चना गर्न नुक्ने हुँदा तान्त्रिक बिधि प्रयोग गर्दै माइखोलाबाट बाजागाजा सहित शिला ल्याएर भगवतीको स्थापना गरिएकोले माइ भगवतीको भाकल र पूजा खर्चना गरिदै आएको स्थानिय नकुल राइले बताउनु भयो । मन्दिरमा नियमित पूजा अर्चना र बलि पूजा समेत गरिने चलन रहेको राइले जानकारी दिनु भयो । मन्दिर निमार्णपछि सन्तबहादुर छुला राइको अध्यक्षतामा ,उपाध्यक्ष दीलकुमारी रार्इ, सचिव बिशाल रार्इ रहेको नौ सदस्यीय संरक्षण समिति समेत गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published.