रोङको‘करसोङ करिडोर’मा गुम्वा निर्माण हुँदै

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १

गोबिन्द पौडेल: इलामको रोङ गाउँपालिकामा रहेको करसोङ पदमार्गको नजिकै जौवारीमा गुम्वा निर्माण गरिने भएको छ । रोङ गाउँपालिका वडा नं ६ को जौवारीमा निमार्ण गरिने सेमछेन छेडुव छ्योलिङ्ग बौध गुम्वाको निमार्णको लागि बहुबर्षे योजना सहित निमार्ण शुरु गर्न लागिएको हो ।
अतरबुङ्ग किपड भइ पाँचथरको एक्तेनबाट २ सय ७५ औं पुस्ताका जौवारीका मोक्तान परिवार यहा बसेको ७५ औं पुिस्तकामा अभिलेखीकरण रहेको छ । पारिवारीक पृष्टभूमि अनुसार हरेक पुस्ताका पूर्खाहरु देखीनै लामा गुरुहरु रहदै आएकोमा अहिले पनि सो स्थानमा बसोवासगरेका पुस्तामा तीनजना लामागुरु रहेकाले आफ्नो समुदायमा बौधगुम्वा बनाउने पितृहरुकै इच्छा रहेकोमा मुल्कमा स्थानिय संरचनाको बिकास भइ बनेको रोङ गाउँपालिकामा जनप्रतिनिधिहरु आएपछि समुदायको माग अनुसार गुम्वा निमाण थालिएको छ ।

२०७४ सालमा एकलाख बजेट प्राप्त भएपछि काम गर्न उत्साहित बनेका जौवारी लामा गाउँका तामाङ्गहरुले पारीवारीक रुपमा गुम्वा निमार्णको लागि पाच रोपनी जग्गा दान गरेका थिए । रोङ गाउँपालिकाले आव २०७७ – ०७८ मा थप पाँचलाख बजेट बिनियोजन गरेर गुम्वा निमार्ण स्थलको जमिन तैयार गरेर गुम्वा निमार्णको शुरुआत गरेको छ । परिवारको अग्रजको गुम्वा निमार्णको सपना साकारपार्न राजधानी बौधका धर्मगुरु खेम्पो सामेल लामाको सक्रियतामा बिश्व बौधका इन्जिनियर नाक्पा शाक्य र प्रबन्धक मेसोङ लामा सहितको टिमले स्थानिय बासीहरु र जनप्रतिनिधिसग अन्र्तक्रिया र संभब्यता अध्ययन गरेपछि गुम्वा निमार्णले तिब्रता पाएको गुम्वा निमार्ण समितिका अध्यक्ष मन बहादुर लामाले बताए ।

गुम्वा निमार्णको लागि जसरी जान्रतिनिधिले प्रतिबद्धता र प्रेरण दिएका छन् त्यसैगरि फोक्चो रेम्बोचे लगायतका धर्म गुरुहरुको आर्शिवाद रहेको कारण गुम्वा निमाण गर्न सकिने बिश्वास आफुहरुमा रहेको तामाङको भनाइ रहेको छ । अहिले रोङ गाउँपालिका प्राबिधिक र धर्मगुहरुको परामर्षमा छ तले गुम्वाको डिजाइन गरेर फन्डिसनको काम भइरहेकोमा गुम्वा निमार्णको लागि सबैसग सहयोग र सदभावको आशा गरिएको अध्यक्ष तामाङले बताए ।
निमाणधिन रहेको गुम्वा हर्कटे दैले जौवारी मोटरबाटोको करिव ८ किमि जौवारी सडक छेउमा ऐतिहासिक हल्लने ढुङ्गा करसोङ्ग पदमार्ग नजिकै रहेको छ । यता रोङ गाउँपालिकाले वडा नं ३ को हासपोखरी देखी ६ नंको पाटापुर हुँदै सिद्धि मेचीदोभानको पदमार्गको अर्को आर्कषण गुम्वा हुने र थप धार्मिक पर्यटक समेत भित्राउन सकिने प्रचुर संभावन रहेको गुम्वा निमार्णको लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने रोङ गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नं ६ का वडाध्यक्ष मनिकुमार स्याङ्वो सुवासले बताए ।

Leave a Reply

Your email address will not be published.