कन्यामका संरचना तोडफोड गर्ने ३ जना पक्राउ

Breaking News Hot News Mukya Samachar Special News Trending अपराध पर्यटन प्रदेश नं. १

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको कन्यामका संरचना तोडफोड गर्ने तीन जना पक्राउ परेका छन ।होडिङ बोर्ड राख्ने फ्रेम सहितका संरचना तोडफोड गर्ने ३ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
सोमबार राती ११ बजेको समयमा कन्याम होडिङबोर्ड राख्ने फ्रेम सहितका संंरचना तोडफोड गरेको आरोपमा प्रहरीले सूर्योदय नगरपालिका–६ का नरेश तामाङ, अभिशेक तामाङ र माई नगरपालिका १ का रमेश बराईलीलाई पक्राउ गरेको छ । हर्कटे प्रहरी चौकीले पक्राउ गरेका तीनै जनालाई गरी इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । सिसिटिभी फुटेजको आधारमा तोडफोडमा संलग्नको पहिचान खुलेको सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनु भये । नगरले कन्याम क्षेत्रका बिभिन्न स्थानमा यस अघि नै सिसिटिभी राखेको छ ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले पर्यटकीय स्थलका सार्वजनिक सम्पतीमा क्षती गर्नेलाई कडा कानुनी कारवाही हुँने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.