कोरोनाको नयाँ भेरीयन्ट ओमीक्रोन नियन्त्रणका लागि सूर्योदय नगरपालिकाको सक्रियता

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

फिक्कल: कोरोना भाईरसको नयाँ भेरीयन्ट ओमीक्रोन नियन्त्रणका लागि सूर्योदय नगरपालिका सक्रिय भएको छ । पहिलो चरणको कोभिड नियन्त्रणमा जिल्लामा अग्रणी भूमीका खेलेको नगरले ओमीक्रोनक नियन्त्रणका लागि सक्रिय रहन पूर्व तयारी थालेको हो ।
नगरको स्वास्थ्य शाखाले मंगलबार सरोकारवाला संग छलफल गरी आफनो तयारीका बारेमा जानकारी दिएको छ । नगरले जनप्रतिनिधि, सुरक्षा निकाय, स्वास्थ्यकर्मी र संचारकर्मी संग छलफल गर्दै सीमानाका कडाई गर्दै कोभिड परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।
छलफलमा कोभिड फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक बिपुल अधिकारीले पशुपतिनगरको सीमा नाकामा हेल्प डेक्स संचालन गरी भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षण गराई रिर्पोट हेरेर मात्र सम्बन्धित ठाउँमा पठाउने गरीएको बताउनु भयो । उहाले फिक्कल, पशुपतिनगर र हेल्पडेक्समा कोभिड परीक्षण गरिरहेको जानकारी दिनु भयो । नाकामा हाल दैनिक १५ जना बढीको परीक्षण हुँदै आएको कार्यक्रममा जानकारी दिईयो ।
भारतबाट आउनेको दैनिक दर्ता अभिलेख समेत राख्ने गरीएको छ । दैनिक बिहान ६ बजेबाट बेलुका ६ बजे सम्म नाकामा परीक्षण गर्ने ब्यवस्था मिलाईएको अधिकारीले जानकारी दिनु भयो । कार्यक्रममा शसस्त्र प्रहरी बल बीओपी पशुपतिनगरका प्रहरी निरीक्षक डिगे्रन्द्र ओलीले जति सक्दो चाडो होल्डिङ सेन्टर संचालनमा ल्याउनु पर्ने सुझाव दिनु भयो । उहाले राती पनि भारतबाट नेपाली नागरिक आउने हुँदा राख्ने ठाउको समस्या भएको बताउनु भयो ।
नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले सबै सगको समन्वयले मात्र महामारी नियन्त्रण गर्न सकिने भएकाले सबै सजग बन्नु पर्ने बताउनु भयो । उहाले सुरक्षा निकाय र स्वास्थ्य क्षेमा स्वास्थ्य सुरक्षाका सामग्री नगरले उपलब्ध गराउने बताउनु भयो ।
नगर प्रमुख रणबहादुर राईले गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयको निर्देशन कडाईका साथ लागु गर्न सुरक्षा निकायलाई आग्रह गर्नु भयो । उहाले होल्डिङ सेन्टर ३÷४ दिन भित्रमा संचालनमा ल्याईने जानकारी दिनु भयो । नगरमा हाल एउटा कोभिड अस्पताल संचालनमा रहेको छ ।
नगरमा चाडै पहिलो र दोस्रो चरणको खोप कार्यक्रम संचालन गरिने भएको छ । बुष्टर डोज खोप भने २० गते पछि संचालन गरिने जनाईएको छ । कोभिड नियन्त्रणका लागि प्रचार प्रसार र जनचेतनाका कार्यक्रम समेत गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published.