रोङ गाउँपालिका ६ मा सामुदायिक स्वास्थ इकाई भवनको निर्माण कार्य अन्तिम चरणमा

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

गोबिन्द पौडेल: रोङ गाउँपालिकाको वडा नम्बर ६ मा स्वास्थ भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भवन निर्माण गर्न स्थानीय युवा नारायण प्रधानले निशुल्क जग्गा दिएका छन् ।निशुल्क जग्गा दिए पछि स्थानिय बासिहरु खुसी भएका छन ।स्वास्थ्य चौकी नागरिकको पायकमा नभएको र टोलमा खोपकेन्द्र ब्यवस्थित नभएको गाउँपालिका- ६ को रम्भ्याङमा नागरिकलाई स्वास्थ्य सेवादिनको लागि स्थानिय युवा नारायण प्रधानले स्वगिय माताको स्मृतिमा करिव २ लाख मुल्य बराबरको १० आना जग्गा दिए ।जग्गा प्राप्त गरेसँगै गाउँपालिकाले ५ लाखको लागतमा दुईकोठे भवनको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
करिव ३ सय ५० घरपरिवार बसोवास गर्ने रम्भ्याङ टोलमा ब्यबस्थित खोप केन्द्, समेत नहुदा बिगत बर्षदेखि सस्वती मास् बिको एक कोठाबाट खोप र गाउँघर क्लिनिक सञ्चालित छ ।खोपको समयमा बिद्यालयको पठन पाठनमा समेत बाधा पर्ने ,गर्भवती र सुत्केरीलाई समेत असहज भएको, बालबच्चाहरुले सुई लगाउने स्थान पनि बिद्यालय हो भन्ने बुझाईले वाल मस्तिस्कमा नकरात्मक असर परेको गुनासो आएपछि स्थानियको मागको आधारमा तत्काललाई गाउँघर क्लिनिक सञ्चालन गर्ने र पछि स्वास्थ्यकर्मी ब्यवस्थापन गरेर सामुदायिक स्वास्थ ईकाई सञ्चालन गरेर सेवा दिन भवनको निर्माण गरिएको वडा नम्वर ६ का वडाध्यक्ष मनिकुमार तामाङले बताए । गाउँमा आधारभुत स्वास्थ्य सेवा पाउन जनप्रतिनिधिहरुले गरेको कामको नागरिकहरुले अत्यान्तै सकरात्मक रुपले लिएको महिला स्वयसेबिका सुर्जमाया राईले बताईन् ।यस अघि वडा न ६ को सलकपुरमा सामुदायिक स्वास्थ ईकाई स्थापना भईसकेको छ । कुवापानी टोलमा ब्यवस्थित खोपकेन्द्रको निर्माण भईसकेको छ ।

Leave a Reply

Your email address will not be published.