इलामको लेकाली क्षेत्रमा हिमपात,जनजिवन प्रभावित (फोटो फिचर)

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली पर्यटन प्रदेश नं. १

फिक्कल : लगातारको हिमपातले इलामको सन्दकपुर लगायतका उच्च क्षेत्रको जनजिवन प्रभावित भएको छ । शुक्रबार बिहानदेखि लगातार हिमपात भएपछि सन्दकपुर, जौबारी, मेघमा, तुम्लिङ, टङलु लगायतका क्षेत्रको जनजिवन प्रभावित भएको हो । यी क्षेत्रमा तेस्रो पटक हिमपात भएको हो ।
सन्दकपुर गाउँपालिकाको पर्यटकीय स्थल सन्दकपुर जौबारी माईजोगमाई गाउँपालिकाको थुम्केरानी तुम्लिङ, टङ्लु, मेघमा , सूर्योदय नगरपालिकाको चित्रे, पशुपतिनगर, पुसे, भस्मे, धोद्रे,र इलाम नगरपालिकाको पाटेनागी क्षेत्रमा बाक्लो हिमपात भएको छ । माईजोगमाई र सूर्योदय नगरपालिकाका यी क्षेत्रमा करिव २0 बर्षपछि हिमपात भएको छ ।
जौवारीका पर्यटन ब्यावसायी सोनाम लामाका अनुसार यी क्षेत्रमा हिमपातका कारण यातायातका साधन ठप्प छन् । हिमपातका कारण जनजीवन कष्टकर भएको छ ।लगातार हिमपात भएपछि सडक क्षेत्रमा यातायतका साधन संचालनमा आउन सकेका छैनन् । बर्ष संगै हिमपात भैरहदा घरबाहिर निष्कनै समस्या भएको मेघमाका चन्द्र कुमार प्रधानले जानकारी दिनु भएको छ । हिमपातले चिसो बढेकाले बृद्धबृद्धा र वालवालिकालाई समस्या भएको प्रधानले जानकारी दिनु भयो । थुम्केरानीमा १ फुट बढी हिउ जमेको माईजोगमाईका संजिव थामीले जानकारी दिनु भयो । उहाका अनुसार उक्त क्षेत्र हिउले सेताम्मे भएको छ ।यस पटक नयाँबजार सम्मै हिउ झरेको छ ।
३६३६ मिटरको पर्यटकीय स्थल सन्दकपुरमा लगातार हिमपात भैरहेको छ । लगातारको हिउँले मानिस घर बाहिर निष्कन सकेका छैनन् । माईजोगमाई गाउँपालिकाका अध्यक्ष जित बहादुर राईले लगातारको हिमपातले पशुचौपयाको समेत बिचल्ली भएको जानकारी दिनु भयो । उहाले दैनिक काम गरेर खान सर्वसाधारणलाई हिमपातले समस्या भएको बताउनु भयो ।
सन्दकपर, जौबारी , थुम्केरानी लगायतका क्षेत्रमा हिउ खेल्ने आन्तरिक पर्यटककको भिड लाग्न थालेको छ । पशुपतिनगर , नयाँबजार थुम्बेमा समेत आन्तरिक पर्यटकको हिउ खेल्न भिड लागेको छ । सन्दकपुर बाह्ै महिना पर्यटकले भरीभराउन हुँने गर्दछ । सन्दकपुर सहितका यी क्षेत्रमा यो सिजनमा हिमपात भएको तेस्रो पटक हो ।गोरखापत्र अनलाईन

Leave a Reply

Your email address will not be published.