इलामको सूर्योदयका सामुदायिक बिद्यालयले फड्को मार्दै

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ शिक्षा स्वास्थ्य/शिक्षा

शिक्षामा नगरको प्राथमिक्ता

प्रेम अधिकारी, फिक्कल:

पर्यटनमा अब्बल रहेको इलामको सूर्योदय नगरपालिकाले शैक्षिक क्षेत्रमा समेत फड्को मारेको छ । शैक्षिक गुणस्तर सुधारका लागि नगरकाका बिद्यालयलाई प्रविधिमैत्री बनाउदै बिभिन्न अभियान संचालन गरिए पछि छोटो समयमै सूर्योदयले शैक्षिक क्षेत्रमा फड्को मारेको हो ।
नगरले बिद्यालय सुधार कार्यक्रम अन्र्तगत समयानुकुल बिद्यालयको परिमार्जन गर्नका लागि अभियान नै संचालन गर्दै आएको छ । नीजि बिद्यालय संग प्रतिष्पर्धात्मक बनाउनका लागि नगरले सबै सामुदायीक बिद्यालयमा इन्टरनेट बिस्तार, इ हाजिरी, कम्प्युटर ल्याव, बिज्ञान प्रयोगशाला , इ लाईब्रेरी, इन्टर¥याक्टििभ बोर्ड र बिद्यार्थी अविभावक परिचय पत्र बितरण लगायतका प्रविधिको बिस्तार गरी शैक्षिक गुणस्तर सुधारको काम गरीरहेको छ ।
नगरले सामुदायी बिद्यालयका बिद्यार्थीको नियमितताका लागि बिद्यार्थीका अविभावलाई परिचय पत्र समेत बितरण गर्न शुरु गरेको नगरका शिक्षा शाखा प्रमुख योगनिधी भट्टराईले जानकारी दिनु भयो । उहाका अनुासर बिद्यार्थीका अविभावलाई बिद्यार्थीको नियमितता र सिकाई उपलब्धी अविभावकले थाहा पाउनु पर्छ भनेर परिचय पत्र वितरण गरिएको हो ।
बर्षमा ४ पटक आफना बिद्यार्थीको शैक्षिक गतिविधि बुझनका लागि अनिवार्य अविभावकले बिद्यालयमा पुग्नै पर्ने नियम बनाईएको छ । बिद्यालय पुगेर आफना बिद्यार्थीको जानकारी लिए पछि अविभावकको परिचय पत्रमा बिद्यालयका प्रधानाध्यापकले प्रमाणीत गरी नगर शिक्षा शाखामा पठाउने ब्यवस्था गरिएको छ । बिद्यार्थीको अवस्था बुझन बर्षमा ४ पटक बिद्यालय नपुग्ने अविभावकका हकमा नगरे दिने सेवा सुविधा कटौती गर्ने ब्यवस्था गरिएको शाखा प्रमुख भट्टराईले जानकारी दिनु भयो ।
नगरक्षेत्रमा रहेका एक क्याम्पस, कक्षा १–१२ माध्यमिक , कक्षा १–१० माध्यमिक र अन्य आधारभूत सहित ६६ वटा सामुदायीक बिद्यालयमा ११ हजार दुई सय २५ जना बिद्यार्थी अध्ययनरत रहेका छन । नगरको ६० प्रतिशत बिद्यार्थी सादुदायीक बिद्यालयमा अध्ययनरत रहेको नगरको तथ्याङमा उल्लेख छ ।
बिद्यालयमा शैक्षिक सुधार अन्र्तत आधुनिक प्रविधिमैत्री बनाउनका लागि कम्प्युटर ल्याव, इ हाजिरी, इ लाईब्रेरी, बिज्ञान प्रयोगशाला सहित इन्टरनेट जोडने काम धमाधम भैरहेको छ ।
नगरको फिक्कलमा रहेको फिक्कल कमध्यमिक बिद्यालयलाई गत आर्थिक बर्ष नै चार करोड ५० लाखको लागतमा नमुना भवन र कम्प्युटर ल्याव निर्माण गरिएको छ । सघीय र पालिकाको लगानीमा उक्त काम गरिएको छ । चालु आर्थिक बर्षमा थप ७० लाखको लागतमा बिद्यालय सुधारका लागि भौतीक पूर्वधारको काम भैरहेको छ । ९ सय बढी बिद्यार्थी अध्ययनरत रहेको फिक्कल माध्यमिक बिद्यालयका प्रधानाध्यापक गंगाबहादुर महत नमुना बिद्यालयको योजनाले बिद्यालय प्रतिको आकर्षण बढेको बताउनुहुन्छ । उहा भन्नु हुन्छ‘बिद्यालय भनेको शिक्षकलाई पढाऔं पढाऔं लाग्ने र बिद्यार्थीर्ला पढौं पढौं लाग्ने वातावरणको हुनुपर्छ , हामीले त्यो बनाएका छौं।’
यस्तै नगरको एक मात्र क्याम्पस सहित संचालित शैक्षिक केन्द्र करफोकमा भवनको स्तर उन्नती, तालिम कक्षा, कम्प्युटर ल्याव, खेल मैदान छात्राबास , शिक्षक आवास भवन र प्रविधिमैत्री शिक्षण कक्षाकोठा निर्माण भैसकेको छ । संघीय सरकार र पालिकाको पाँच करोड १२ लाख रुपियाँको लगानीमा गत बर्ष पूर्वाधार बिकासको काम भएकोमा चालु आर्थिक बर्ष संघीय बजेट ३ करोड ११ लाख र नगरको २ करोड आन्तरिक स्रोतबाट बिद्यालय सुधार योजनाको काम भैरहेको छ ।
करफोक बिद्या मन्दिरमा नगरले संचालन गरेको छोरी बुहारी शिक्षा कार्यक्रम अन्र्तगत १२० जनालाई छात्राबृति प्रदान गरीसकिएको छ । गरीव र जेहेन्दार गरी बर्षेनी ३०÷४० जनालाई उक्त सुविधा प्रदान गर्दै आएको नगरले जनाएको छ । यसरी अध्धयन गर्ने छात्रालाई स्नातक सम्म निशुल्क अध्ययन गर्ने ब्यवस्था मिलाईएको छ ।
नगरले कक्षा १–८को स्थानीय पाठ्यक्रम स्र्वीकृत गरी कक्षा १–५ मा स्थानीय पाठ्यक्रम लागु गरीसकेको नगर प्रमुख रणबहादुर राईले जानकारी दिनु भयो । बिद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले शिक्षकको क्षमता अभिबृद्धि गर्न नगरमा कार्यरत ३०० जना शिक्षकलाई कम्प्युर तालि समेत दिई सकिएको छ । साथै नगरले बिद्यालय कर्मचारीलाई दिईदै आएको मासिक तलवमा मासिक एक हजार पाँच सय रुपियाँ थप गरी दिदा बार्षिक एक करोड २५ लाख रकम नगरबाटै उपलब्ध गराउदै आएको छ ।
नगरले नगर क्षेत्रमा संचालित संस्थागत बिद्यालयलाई सामुदायीक संग मर्ज गर्ने तयारी समेत थालेको जनाएको छ । नगरले बिद्यालय सुधार योजना अन्र्तगत प्रधानाध्यापक र शिक्षा शाखा प्रमुख बिच र प्रधानाध्यापक शिक्षक बिच कार्य सम्पादन करार सम्झौता समेत गर्दै आएको छ । नगर प्रमुख राई आफै बिद्यालय पुगेर गणित र बिज्ञान सिकाई अभियान समेत संचालन गर्दै आउनु भएको छ । ‘गणित र बिज्ञानमा कमजोर भएभने बिद्यार्थीले राम्रो नतिजा दिन सक्दैनन, त्यसैले उक्त अभियान थालिएको हो’ नगर प्रमुख राईले भन्नु भयो । उहाले नगरको बिकासका लागि शिक्षाको स्तर सुधार गर्नु पर्ने बताउनु भयो । नगर प्रमुख राईले भन्नु भयो‘पर्यटकीय नगर भएकाले पनि हाम्रा नागरिक शिक्षत हुँन जरुरी छ ।’
सूर्योदय नगरपालिकामा चालु आर्थिक बर्षमा शैक्षिक क्षेत्रका लागि संघीय सरकारबाट २६ करोड ५ लाख, प्रदेश १ बाट १८ लाख र नगरपालिकाबाट ४ करोड ५० लाख ८१ हजार रुपियाँ बिनियोजन भई शैक्षिक सुधारका काम भैरहेका छन् ।

नगर क्षेत्रका बिद्यालयमा बालवालिका संग साक्षतकार गर्दै नगर प्रमुख रणबहादुर राई

Leave a Reply

Your email address will not be published.