रोङका नौ सय बढी ज्येष्ठ नागरिकलाई घर–घरमै न्यानो कपडा बितरण

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

फिक्कल: इलामको रोड. गाउँपालिकाले ७० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा ( व्ल्याँङ्घकेट¬) वितरण गरेको छ ।गाउँपालिकाले जाडोको समयमा जेष्ठ नागरिकलाई सहज होस भनेर ६ वटै वडाका टोल टोलमा पुगेर न्यानो कपडा ( व्ल्याँङ्घकेट¬) बितरण गरेको हो ।
गाउँपालिकाको वडा नम्बर ३ र ५ का ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेर शुरु गरेको कार्यक्रम ६ वटै वडाका ९६० ज्येष्ठ नागरिकहरुलाई बितरण गर्दै सम्पन्न गरेको छ । करिव १५ लाख रुपियाँ बराबरको कपडा बितरण गरिएको गाउँपालिका उपाध्यक्ष चन्द्रकला राईले जानकारी दिनु भयो । ज्येष्ठ नागरिक इन्द्रलाल निरौलाले ज्येष्ठ नागरिकहरुको योगदानको कदर गरिएको बताउनु भयो । उहाले भन्नु भयो‘हाम्रो उर्जाशिल समय यहि माटोमा बितेको छ , गाउँपालिकाले सम्झदा गर्भ लागेको छ ।’
उपाध्यक्ष राईले जेष्ठ नागरिकको सम्मानका लागि उक्त कार्यक्रम गरिएको बताउनु भयो ।‘जेष्ठ नागरिकको ख्याल गर्नु हाम्रो कर्तब्य हो, सके सम्म ख्याल गरेका छौ’रोड. गाउँपालिकाले चालु वर्षमा ज्येष्ठ नागरिकहरुका लागि सम्मान कार्यक्रममा १५ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । गाउँपालिकाले प्रत्येक वर्ष ज्येष्ठ नागरिकहरुको सम्मानमा बिभिन्न कार्यक्रम गर्दै आएको छ । गाउँपालिका अध्यक्ष शम्शेर राईले शुरुको बर्ष न्यानो कपडा बितरण गरेर जेष्ठ नागरिकके सम्मान थालिएको उक्त कार्यक्रम अन्र्तगत आँखा, दाँतको स्वास्थ्य बिविर गर्दै अन्तिम बर्ष पुनस् कपडा बितरण गरिएको जानकारी दिनु भयो । अध्यक्ष राईले भन्नु भयो ‘बृद्धबृद्धालाई बृद्धाश्रम पठाउने परम्परा बढ्दै जादा गाउँपालिकाले घरमै माया पाउने वातावरण बनाएका हो।’
गाउँपालिकाले बृद्धबृद्धाको स्वास्थ्यमा समस्या भएमा घरमै स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य परीक्षण गराउदै आएको छ । गाउँपालिकाका प्रशासकीय अधिकृत दिपेन्द्र दाहालका अनुसार भौगोलिक हिसावले निक्कै जटिलता रहेका कारण जेष्ठ नागरिकलाई घरमै सेवा प्रवाह गरिएको हो ।

Leave a Reply

Your email address will not be published.