इलामको जमुनामा गुम्बाका जग्गा दातालाई सम्मान

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १

इलामः बौद्ध घर्मालम्वीहरुको महान पर्व ग्याल्वो लोसारको अवसरमा आज इलामको सन्दकपुर गाउँपालिका ५ जमुनाको हा“गेथामस्थित दोमाङ छोलिङ गुम्वामा बृहत कार्यक्रमको आयोजना गरिएको छ । १८६६ मा नै स्थापना भएको गुम्वा पुर्न निर्माणपछि लोसारको अवसरमा विविध धार्मिक र सांस्कृतिक शुभकामना आदानप्रदानको कार्यक्रम राखिएको हो ।
सो अवसरमा फागुन १३ देखि नै बौद्ध परम्परा अनुसार विविध धार्मिक कार्यक्रमको आयोजना गरिएको थियो । शुक्रबार आज आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य राम राना , सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राई, सन्दकपुर वडा ५ का वडाध्यक्ष जीत बहादुर साँवा, नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराई, नेकपा एमाले जिल्ला सचिव उमेश गुरुड., नेपाली काग्रेसका वडा सभापति भरत थेवे, गुम्वा व्यवस्थापन सकितिका सचिव डिक कुमार गुरुड. लगायतका वक्ताले बौद्ध धर्म दर्शन र गुम्बाको ऐतिहासिक महत्वबारे चर्चा गर्नुभयो । गुम्बा व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख लामा जेमेड. लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुम्बाको पुन निर्माणमा सहयोग पुर्याउने प्रदेश सरकार, गाउँपालिका, वडा कार्याय र जग्गादाताहरुलाई सम्मान गरिएको थियो । यस्तै कर्मठ व्याण्डले सागीतिक प्रस्तुति दिएको थियो ।
ऐतिहासिक दोमाड. छोलिड. गुम्बा रहेको इलाम जमुनाको हागेथाम विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डा र काडे भ्याकुर चराका लागि प्रसिद्ध रहेको छ । गुम्बा इलाम जिल्लाकै ऐतिहासिक रहेको स्थानीयको दावी रहेको छ ।

Leave a Reply

Your email address will not be published.