प्याङ प्राथमिक स्वस्थ्य केन्द्रमा मेडिकल अधिकृत आए पछि स्वास्थ्य सेवामा स्थानीयलाई सहज

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

नयाँबजार: माईजोगमाई गाउँपालिकाको सदरमुकाम भन्दा केही टाढा रहेको प्याङ प्राथमिक स्वस्थ्य केन्द्र प्याङमा डाक्टर नहुदा बिरामी हुने प्याङबासीले धेरै समस्या खेपिरहेको अवस्थामा प्याङ प्राथमिक स्वस्थ्य केन्द्रमा मेडिकल अधिकृतको दरबन्दी पदपूर्ति भएको छ ।

प्याङ प्राथमिक स्वास्थ केन्द्रमा रिक्त रहेको मेडिकल अफिसरको दरबन्दी पद पुर्ती भई आउनु भएका डा। बिजय कुमार देबलाई गाउँपालिका अध्यक्ष जित बहादुर राई , वडा अध्यक्ष भवनी प्रसाद लिङ्दम,माईजोगमाई स्वास्थ शाखा प्रमुख राम संखर देब, इलका प्रहरी कार्यलय ९ख० नयाँबजारका प्रमुख भुपेन्द्र थापा , राजनैतिक दलका प्रतिनिधि लगायत स्थानियले एक कार्यक्रमका विच स्वागत गरेका छन् । मेडिकल अधिकृत आएपछि गाउँपालिकाको वडा नं ६ प्याङबासीले खुसी ब्यक्त गरेका छन् । गाउँपालिका अध्यक्ष राई र स्वास्थ्य शाखा प्रमुख देवको पहलमा डाक्टर आए पछि अव उक्त स्वास्थ्य संस्थाबाट स्थानीयले सहज रुपमा स्वास्थ्य सुविधा पाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published.