इलामको गोर्खेमा ९० वर्ष माथिका जेष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

फिक्कल: इलामको सूर्योदय नगरपालिका १ गोर्खेमा नब्बे वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरी घर दैलो स्वास्थ्य शिविर संचालन गरिएको छ ।
उक्त अवसरमा नब्बे वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई घर दैलो स्वास्थ्य शिविर गर्ने क्रममा १०२ वर्षका १ जना सहित जम्मा १६ जना जेष्ठ नागरिकलाई औषधी उपचार र पोसिलो खाना वितरण गरिएको हो । उक्त अवसरमा बृद्धबृद्धाको मुटु, प्रेसर, सुगर र दम जस्ता रोगको परीक्षण समेत गरिएको वडाध्यक्ष राजकुमार सेरेङले जानकारी दिनु भयो ।सूर्योदय नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा भएको कार्यक्रम वडाध्यक्ष राजकुमार सेरेङको संयोजकत्वमा भएको थियो । महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारा शेर्पाले शाखाको नियमित कार्यक्रम अनुसार नै उक्त काम गरिएको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.