स्थानीय तहका कृषि प्राविधिकलाई गुणस्तरीय चिया खेती र प्रसोधन सम्बन्धि तालिम

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १

फिक्कल: पुर्वी पहाडका कृषि प्राविधिकहरुलाई गुणस्तरिय चिया खेती सम्बन्धी तीन दिने तालिम दिइएको छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्ड चिया विस्तार योजना फिक्कलको आयोजनामा स्थानीय तहका कृषि प्राविधिकलाई चियाको गुणस्तरीय उत्पादन र परीक्षण सम्बन्धी तालिम दिइएको हो । इलाम, र पाँचथरका प्राविधिलाई चिया तथा चियाको रोपण, काटछाट, प्रशोधन र टेस्टिङ सम्बन्धी तालिम दिइएको चिया विस्तार योजना फिक्कलका प्रमुख इन्द्र अधिकारीले जाकारी दिनु भयो ।
उहाले सवै पालिकामा चिया टेस्टिङका लागि दक्ष प्राविधिक उत्पादन गर्ने उद्धेश्यले तालिम आयोजना गरिएको जानकारी दिनु भयो । ३ दिनसम्म चलेको तालिमको एक कार्यक्रमका बिच समापन गरिएको छ । सूर्योदय नगर उपप्रमुख दुर्गाकुमार बरालको प्रमुख आतिथ्यता र वडा नं ८ का वडाध्यक्ष जंग गुरुङको विशेष आतिथ्यतामा तालिम समापन गरिएको हो ।
समापन कार्यक्रममा बोल्दै उपप्रमुख बरालले चियाको खुल्ला बजार हुनुपर्ने बताउनु भयो । उहाले नेपाली तयारी चियाको मुख्य बजार भारत भएपनि विभिन्न समस्या सृजना भइरहेको बताउनु भयो । बरालले समय अनुसार हरियोपत्तीको मुल्य निर्धारण गर्नाले मात्र किसानले उत्पादनको मुल्य पाउने बताउनु भयो ।कार्यक्रममा बोल्दै वडाध्यक्ष गुरुङले चियाको समस्या समाधानको लागि सूर्योदय नगरपालिकाले समिति बनाएर अघि बढेको बताउनु भयो । कार्यक्रममा बोल्दै चिया विस्तार योजनाका प्रमुख अधिकारीले नेपाली चियाको आफ्नै क्लोन नहुँदा समस्या रहेको बताउँदै नार्कसंगको सहकार्यमा इलाम र सोक्तिम चिया बगानको उत्पादनबाट नेपालको आफ्नै क्लोन बनाउन अनुसन्धान कार्य अघि बढाएको बताउनु भयो ।
कार्यक्रमका सहभागिहरुले गुणस्तरिय चिया खेती सम्बन्धीको प्रयोगात्मक तालिमले पालिका स्तरमा काम गर्न सहज हुने बताए । उनीहरुले चिया खेती सम्बन्धी जानकारी नहुँदा समेत स्थानीय तहमा गुणस्तरीय उत्पादनको सहजिकरणको लागि समस्या भइरहेको बताए । सहभागिहरुले फिक्कल आसपासका उद्योगमा पुगेर नै प्रयोगात्मक रुपमा चिया खेती र प्रशोधन सम्बन्धी जानकारी लिएका थिए । उनीहरुले कार्यक्रमस्थलमा चियाको गुणस्तर र स्वाद परिक्षण समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published.