फिक्कल: इलामको रोङ गाउँपालिका ४ मा चुरे दिवसको अवसर पारेर बृक्षारोपण गरिएको छ ।रोङ गाउँपालिका र रणसार्दुल गण गडिथुम्का इलामको संयुक्त आयोजनामा बिभिन्न प्रजातिका बिरुवा रोपीएको हो ।
गाउँपालिकाको कालीटारमा भेला भएका जनप्रतिनिधि, नेपाली सेना बन उपभोक्ता समितिका पदाधिकारी ,बन कर्मचारी र स्थानीयले सामुहिक रुपमा बिरुवा रोपेका हुँन । स्थानीय सुन्दर सामुदायीक बन क्षेत्रको खाली जमिनमा ७ सय बिरुवा रोप्ने गरी अभियान थालिएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो(सुवाष)ले जानकारी दिनु भयो । उहाले खाली जमिनलाई हराभरा बनाउनका लागि बृक्षारोपण गर्दै जाने बताउनु भयो । उहाले रोङको करसोङ पदमार्गमा यसै बर्ष फलफुलका बिरुवा रोपीने बताउनु भयो । ‘बिरुवा रोप्नु मात्र ठूलो कुरा होईन संरक्षण गर्न जरुरी छ, बिरुवा रोपीको क्षेत्रमा तारबेरा समेत गर्ने योजना छ’अध्यक्ष स्याङ्बोले भन्नु भयो ।
रणसार्दुल गण गडिथुम्का इलामका गणपति सुनिल सुवेदीले खाली जमिनमा बिरुवा रोप्ने अभियानमा नेपाली सेनाले सधै साथ दिने बताउनु भयो ।रोङ गाउँपालिकामा ३१ वटा सामुदायीक बन रहेको सेक्टर बन डिभिजन कार्यालयका कर्मचारी हेमचन्द्र गौतमले जानकारी दिनु भयो ।