रोङको प्यूरे पहिरोको प्राविधिक सहितको टोलीद्धारा अध्ययन

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १

रोङ: इलामको रोङ गाउँपालिका ४ मा रहेको पीउरेको पोहिरोको प्राविधिक सहितको टोलीले अध्ययन भएको छ । संघीय सरकारको प्राविधिक टोली र गाउँपालिका पालिका अध्यक्ष मनिकुमार स्याङ्बो र उपाध्यक्ष बिष्णुमाया भुजेल सहितको टोलीले पोहिरोको स्थलगत अध्ययन गरेको हो ।
यस बर्षको बर्खा याम शुरु भए संगै पहिरोले सताउन थालेको छ । गाउँपालिका पालिका अध्यक्ष मनिकुमार स्याङ्बोले पहिरो नियन्त्रणका लागि संघीय सरकार लगायत संग समन्वय भैरहेको जानकारी दिनु भयो ।पहिरोले धेरै परिवारको बिचल्ली बनाई सकेको छ । बर्षौ देखिको पहिरोले सयौ रोपनी जमिन बगाई सकेको छ । चालु आर्थिक बर्षमा रोङ गाउँपालिकाले पीडितको ब्यवस्थापनका लागि १३ परिवारलाई एक÷एक लाखका दरले आर्थिक सहयोग गरेको थियो ।
पहिरोबाट टंक बस्नेत, नरबहादुर बस्नेत, टेक बहादुर पिठाकोटे, इन्द्र बहादुर पिठाकोटे, भिम बहादुर मगर, बल बहादुर मगर, हस्त कुमारी मगर, भुवन कुमार बस्नेत, सन्त बहादुर लाप्चा, याम प्रसाद मगर, मनकुमारी लाप्चा, कौशिला खड्का र खड्ग बहादुर राईको परिवार बिस्थापित भईसकेका छन् । बिस्थापित हुँने क्रम झन थपिदै गएको छ । पहिरोले खेती योग्य जमिन बगाएर सुकुम्बासी बनेकाहरुको अन्यत्र कतै जमिन नभएकाले पालिकाले बिभिन्न स्थानमा जमिनको ब्यवस्थापन गर्ने योजना बनाएको छ । बिगत केहि बर्ष अघि उक्त क्षेत्रमा भूगर्भ बिभागको एक टोलीले तामा खानी रहेको भन्दै उत्खनन समेत गरेको थियो । उक्त जमिनको माटो र ढुंगा उत्खनन गरी अन्यत्र लैजान थालेपछि पहिरो झर्न शुरु भएको स्थानीयको भनाई छ । बिभागले तामा खानीको आशंकामा कम्पाउण्ड गरेको सबै जमिन पहिरोमा परिणत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *