इलाममा पनि‘नाइरोबी फ्लाइ’का सक्रमित

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

फिक्कल: इलाममा ‘नाइरोबी फ्लाइ’का सक्रमित फेला परेका छन् । जिल्लाका केहि पालिकामा नाइरोबीका संक्रमित फेला परेका हुँन ।
इलामको सूर्योदय नगरपालिका, माई नगरपालिका , इलाम नगरपालिका र रोङ गाउँपालिकामा नाइरोबी फलाईका बिरामी धमाधन फेला पर्न थालेका हुँन । बिगत केहि दिन देखि बिरामी फेला पर्न थालेको स्थानीय स्वास्थ्य संस्थाले जानकारी दिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय इलामका फोकल पर्सन बिमल बरालले धमाधम ‘नाइरोबी फ्लाइ’का संक्रमित अस्पताल आउन थालेको बताउनु भयो । उहाले किराको टोकाईबाट बच्न सक्नु पर्ने बताउदै सुत्दा झुल प्रयोग गरेमा जोगिन सकिने बताउनु भयो ।
इलामको फिक्कलमा रहेको निधिी मेडिकल, इलाम अस्पताल , इलाको आदर्श पोलिक्लिनिकमा नाइरोबी फ्लाइका बिरामी फेला परेका हुँन । स्वास्थ्यकर्मीले नाइरोबी फ्लाइको उपचार हुँने बताउदै आत्तिनु पर्ने अवस्था नरहेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.