फिक्कल: इलामको सूर्योदय नगरपालिकाले १४ वटा वडामा विभिन्न प्रजातीका बिरुवा बितरण गरेको छ ।इलाम,झापा वन डिभिजन ,बनस्पति कार्यालय,सन्दकपुर गाउँपालिकाबाट निशुल्क बिरुवा लिएर नगरपालिकाले पहिलो चरणमा संकलन भएको बिरुवा वडामा बितरण गरेको हो ।
सूर्योदय नगरपालिकाले प्रत्येक बर्ष ५० हजार बृक्षारोपन गर्ने कार्यक्रम अन्तरगर्त यस बर्ष २०७९ को विरूवा ल्याउने काम निरन्तर भएको बन तथा बाताबरण समितिका सचिव मदन गुरुङले बताए । हरित नगर बनाउन बिरुवा वितरण शुरु गरेको नगरले जनाएको छ । डिभिजन वन कार्यलयसँग नगरपालिकाले समन्वय गरि ५० हजार बिरुवा रोप्ने योजना बनाएको छ । पहिलो चरणमा २५ हजार बिरुवा संकलन गरेर वडामा बितरण गरिएको बन तथा बिपत समितिका संयोजक राज कुमार सेरेङ्गले बताए ।
संकलन भएको बिरुवा प्रत्येक बडामा ७ सयका दरले वितरण गरिएको बन तथा बिपत समितिका संयोजक सेरेङ्गले बताए ।दोस्रो चरणमा बितरण गर्नको लागि फलफुल र चाँपको बिरुवाको खोजि गरिएको समेत जनाईएको छ । नगरपालिकाले निभारो,टाकी, इपिल, बकाइनो,बडहर, टोटला,बर्रो, टिक , चाँप,तेजपत्ता,कपुर, तेजपत्ता,काफल लगायत प्रजातिका बिरुवा ल्याएको छ । नगरले गत साल पनि बिरुवा रोपेको थियो ।

