इलामको नेपाल भारत सीमा क्षेत्रमा सुरक्षाकै चिन्ता, प्रदेश सरकारको चासो

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ समाचार

फिक्कल: पशुपतिनगरका स्थानीय मिलन क्षेत्रीलाई सधै सीमानाको समस्याले पोली रहन्छ । सीमाना सम्बन्धी बोल्नु परेमा उहा धक फुकाएर बोल्ने गर्नु हुन्छ । इलाम जिल्लाको नेपाल भारत ५२ दशमलव ५ किलोमिटर सीमानाको अवस्था क्षेत्रीलाई एकाएक याद छ । उहा भन्नु हुन्छ‘ सीमानाको पीडा सीमानामै बसेर गरी खानेलाई मात्र थाहा छ , माथीकाहरुत आउछन घुमेर जान्छन ।’
इलामको सीमावर्ती पशुपतिनगरमा प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको ‘सुरक्षित सीमा ,सुरक्षित जिवन’कार्यक्रममा सहभागी अधिकांशले सीमानाका समस्याको चाङ लगाएका थिए । खुल्ला सीमा नाका भएका कारण हुँने मानव तस्करी , चोरी निकासी, अवैध कारोवार र मुख्य रुपमा भारतीय पक्षले सीमानामा नेपाली माथी ज्यादती गर्ने गरेको समस्या स्थानीयको छ ।
माईती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले खुल्ला सीमा नाका भएका कारण मुख्य नाकामा जति कडाई गर्दा पनि चोरबाटोबाट दलालले मानव तस्करी गर्ने गरेको बताउनु भयो । उहाले नेपालमा रोजगारीको अभावमा भारतमा गएर राजगारी पाउने प्रलोभवमा परी नेपाली महिला भारतीय कोठीमा पुग्ने गरेको बताउनु भयो ।‘स्थानीयकै प्रयोग गरेर दलालले मानव तस्करी गर्न थालेपछि हामीलाई थप चुनौती थपिएको छ ’ प्रमुख ढकालले भन्नु भयो ।
शसस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट(बीओपी)का शसस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओलीले नेपालतर्फ भन्सार र अध्यागमन कार्यालय भए पनि भारत तर्फ भन्सार र अध्यागमन अनुँदा नेपालीहरुले निकासी पैठारीमा चरम समस्या झेल्नु परेको बताउनु भयो । ओलीका अनुसार इलामको नेपाल भारत सीमा क्षेत्रमा रहेका २ सय ९ वटा सीमा स्तम्भ छन । जानकारहरुका अनुासर ९९ वटा हराएका छन । केहि सीमा स्तम्भ जिर्ण भएका छन् । उहाले केहि स्थानमा भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले नेपाली भूमी मिचेको र केहि स्थानमा नेपालीले समेत भारतीय भूमी मिचेर संरचना निर्माण गरेकाले दोहोरो सर्भे गर्न जरुरी रहेको बताउनु भयो । छब्बीसे, हिले , पुलखोला सन्दकपुर लगायतका स्थानमा एसएसबीले नेपाली भूमी अतिक्रमण गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक बलराम गिरीले दैनिक पशुपतिनगरबाट ६४ हजार किलोग्राम स्कुस भारत निकासी हुँने गरेको भए पनि भारतीय पक्षले स्कुस निकासीमा बुलाबेला अवरोध गर्ने गरेको बताउनु भयो । उहाले खुलला सीमा नाका भएका कारण नेपालमा अपराध गरी भारतलाई सुरक्षित गन्तब्य बनाउने क्रम बढेको बताउनु भयो । पशुपतिनगर भन्सार सहित इलाम र पाँचथरका सीमावर्ती क्षेत्रमा ८ वटा छोटी भन्सार रहेपनि अहिले काम बिहिन अवस्थामा रहेका छन् । भन्सार प्रमुख देव घिमिरेले सीमानामा प्लान्ट क्वारेन्टाईन सम्म नहुँदा समस्या झेल्नु परेकाले माथिल्लो निकायले पहल गर्नु पर्ने बताउनु भयो ।
सीमा क्षेत्रमा नेपाल तर्फका सडकको अवस्था नाजुक हुँनु र भारतीयबाटो प्रयोग गर्नु पर्ने भएकाले सीमाबासीलाई सधै समस्या पर्ने गरेको सहभागीले बताएका थिए । सूर्योदय नगर पपालिकाका नगर प्रमुख रणबहादुर राईले अन्तरदेशीय समस्याका रुपमा सीमा समस्या रहेकाले तीनै तहका सरकारको समन्वयमा समाधानको पहल गर्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो‘स्थानीय सरकारले भएका गतिविध जानकारी गराउने हो, प्रदेश र संघिय सरकारले समाधान गर्ने हो ।’
प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख ओमकार प्रसाद न्यौपानेले कार्यपत्र प्रस्तुत गर्दै नेपाल भारत सीमा क्षेत्रमा तारबार नहुँदा समस्या भएको जानकारी दिनु भयो । उहाले प्रदेश १ को सीमा क्षेत्रमा प्रदेश सरकारले १३ वटा शसस्त्र प्रहरीको बीओपी र ४९ वटा नेपाल प्रहरीको भवन निर्माणमा सहयोग गरेको बताउनु भयो । प्रमुख न्यौपानेले भन्नु भयो‘सीमानामा प्रविधिको प्रयोग गर्दै संरचना निर्माणमा ध्यान दिनु पर्ने देखियो ।’
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव काली प्रसाद पराजुलीले प्रदेश १ को ८ जिल्लामा अन्तरदेशीय सीमा समस्या रहेको जानकारी दिदै स्थानीयको सुझाव संकलनका आधारमा समाधानका लागि संघिय सरकारलाई आग्रह गरिने बताउनु भयो । ‘सीमानामा सुरक्षा कायम गर्न हामी प्रतिवद्ध भएर लाग्छौ, स्थानीयले साथ सहयोग दिनु पर्छ ’ सचिव पराजुलीले भन्नु भयो । स्थानीयले छिटोभन्दा छिटो सीमानाका समस्या समाधान गर्न माग गरेका छन् ।

             ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *