सूर्योदयका सामुदायिक बिद्यालयमा प्रविधिमैत्री अभियान, बिभिन्न सामग्री हस्तान्तरण

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ प्रमोसन स्वास्थ्य/शिक्षा

फिककल: इलामको सूर्योदय नगरपालिकाले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि प्रविधियुक्त अभियान संचानल थालेको छ । नगरले सामुदायिक बिद्यालयको गुणस्तर सुधार गर्नका लागि बिद्यालयलाई कम्पयुटर, प्रिन्टर इ–प्यानल बोर्ड लगायतका सामग्री हस्तान्तरण गरेको हो ।
नगरको शिक्षा युवा तथा खेलकुद शाखाले नगरका ३८ वटा सामुदायिक बिद्यालयमा १÷१ थान कम्प्युटर र १÷१ थान प्रिन्टर ४ वटा बिद्यालयमा प्रयोगशाला ल्याव सामग्री , २ वटा बिद्यालयमा गणित प्रयोगशाला सामग्री र कक्षा १–५ मा ‘हाम्रो सूर्योदय’ नामक स्थानीय पाठ्यक्रम अनुसार निर्माण गरिएको पुस्तक वितरण गरिएको छ । सूर्योदय नगर क्षेत्रमा रहेका सामुदायिक र संस्थागत बिद्यालयमा स्थानीय पाठयक्रम लागु गर्ने गरी ‘हाम्रो सूर्योदय’ बितरण गरिएको छ । ५ हजार बिद्यार्थीले उक्त पुस्तक पाउने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिनु भयो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत बौद्धधाम , जनक माध्यमिक बिद्यालय, बौद्ध र पंचकन्या आधारभूत बिद्यालयलाई प्रयोगशाला सामग्री , फिक्कल र ज्योति माबिलाई गणित प्रयोगशाला सामग्री र करफोक बिद्यामन्दिर माबिलाई बिशेष कक्षा संचालनका लागि प्राविधिक सामग्री बितरण गरिएको छ । ९० लाख रुपैया बराबरका सामग्री वितरण गरिएको शाखा प्रमुख भट्टराईले जानकारी दिनु भयो । उहाका अनुसार नगरमा ६६ वटा सामुदायिक बिद्यालय रहेका छन् । ६१ प्रतिशत बिद्यार्थी सामुदायिक बिद्यालयमा रहेको शिक्षा शाखाले जनाएको छ । सामुदायिक बिद्यालयमा बर्सेनी बिद्यार्थी भर्ना दर बढ्दै गएको शाखाले जानकारी दिएको छ ।
कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले नगरले शिक्षा क्षेत्रमा नगरको बजेट मध्ये २५ प्रतिशत खर्च गरिदै आएको जानकारी दिनु भयो । उहाले ३५ करोड रुपैयाँ शिक्षा क्षेत्रमा बिनियोजन गरिएको जानकारी दिनु भयो । नगर प्रमुख राईले भन्नु भयो ‘आईसीटी माध्यमबाट बालवालिकालाई प्रविधिमैत्री बनाउनु पर्छ ।’ उहाले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि तस्रो पक्ष बिज्ञ टोलीले यो आर्थिक बर्षबाट अनुगमन गरिने जानकारी दिनु भयो ।‘प्राविधिक शिक्षामा जोड दिएर गुणस्तरमा सुधार ल्याउनु पर्छ ’ नगर प्रमुख राईले भन्नु भयो । उहाले नगरले पेपरलेस अभियान समेत थालेकाले आगामी दिनमा नगरका कुनै सिफारिस समेत हस्तलिखत नचल्ने बताउदै अनलाईनबाट सेवा सुरु गरिने जानकारी दिनु भयो ।
कार्यक्रममा नगर उप प्रमुख दुर्गा कुमार बरालले बितरण भएका सामग्रीको सहित तरिकाले सदुपयोग गर्न बिद्यालयलाई आग्रह गर्नु भयो । उहाले शिक्षा क्षेत्रको संवेदनशिल कार्यक्रममा वडाध्यक्ष नआएको भन्दै आक्रोस पोख्नु भयो । उप प्रमुख बरालले भन्नु भयो‘सडक निर्माणको कार्यक्रम भएको भए सबै वडाध्यक्षको तातीलाग्ने थियो , शिक्षाको संवेदनशिलता नबुझी नगर कसरी अगाडी बढ्छ ?’
कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजक डिक बम्जन र वडा नम्बर ४ का वडाध्यक्ष शरण राई मात्र सहभागी बन्नु भएको थियो । वाँकी १२ जना वडाध्यक्ष उक्त कार्यक्रममा सहभागी थिएनन ् । बरालले नगरले यति धेरै लगानी शिक्षामा गरेपछि नराम्रो काम गर्नेलाई दण्ड सजाय र राम्रो काम गर्ने बिद्यालयलाई पुरस्कारको ब्यवस्था गरिने जानकारी दिनु भयो ।
कार्यक्रममा शाखा प्रमुख भट्टर्राले प्रविधिमा जोड्नका लागि बितरण गरिएका सामग्री अभाव भएका बिद्यालयलाई अर्को कार्यक्रममा बितरण गरिने जानकारी दिनु भयो । उक्त कार्यक्रममा सामाजिक बिकास समितिका संयोजक बम्जनले नगर क्षेत्रका बिद्यालयको शैक्षिक सुधारका लागि नगर योजना बनाएरै अगाडी बढ्ने जानकारी दिनु भयो ।
कार्यक्रममा भवानी आधारभूत बिद्यालयका प्रधानाध्यापक रचना राईले नगरले हस्तान्तरण गरेका सामग्रीले धेरै बिद्यालयलाई राहत पुग्ने बताउनु भयो । उहाले यस्ता सामग्री वितरण गर्दा टपटु बटम भन्दा पनि बटम टु टपको अवधारण अपनाउनु पर्ने बताउनु भयो । बौद्धधाम माबिका प्रधानाध्यापक किरण मौक्तानले प्रविधि हस्तानतरणले सिकाई उपलब्धी हासील गर्न सहज हुँने बताउनु भयो ।
सूर्योदय नगरपालिकाले सामुदायिक बिद्यालयको शैक्षिक सुधारका लागि बिभिन्न अभियान संचालन गर्दै आएको छ । नगरले करफोक बिद्यामन्दिरमा मात्र छोरीबुहारी शिक्ष कार्यक्रम अन्तगत बर्षेनी २५ लाख खर्च गरेर निशुल्क शिक्षा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.