सूर्योदयमा बाह्र महिना बाह्र कार्यकम शुरुः हाजिरी जवाफमा सरस्वती पहिलो

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

फिक्कल : सूर्योदय नगरपालिकामा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालय लक्ष्मीपुरले जितेको छ । कृष्णाश्रम मावि। दोस्रो र सनराइज अंग्रेजी विद्यालय तेस्रो स्थान हासिल गर्न सफल भए ।

प्रथम हुनेले नगद सात हजार , दोस्रो हुनेले नगद पाँच हजार र तेस्रो हुनेले नगद तीन हजार सहित प्रमाण पत्र प्राप्त गरेको संञ्चालक तथा प्रविधिक सहायक नविन पौड्यालले जानकारी दिए । सूर्योदय नगपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बाह्र महिना बाह्र कार्यकम अन्तरगत चालु आर्थिक बर्षको पहिलो कार्यक्रम हाजिरी जवाफ आयोजना गरिएको हो ।

मंगलबारबाट सूर्योदय नगरपालिकाको सभा हलमा भएको प्रतियोगितामा २९ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । जसमा करफोक विद्या मन्दिर करफोक, फिक्कल मावि , एभरल्यान्ड इन्टरनेशन बोर्डिङ र बौद्धधाम मा।वि।मा वडा स्तरीय छनोट हुदै प्रथम, र दोस्रो हुने विद्यालयहरू फाइनल चरणमा प्रवेश पाएका थिए ।

सूर्योदय नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत तथा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख योगिनिधी भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सरस्वती मा।वि, वडा(१४, कृष्णाश्रम मा।वि। वडा(७ सनराइज अंग्रेजी विद्यालय वडा(१०, इभरल्याण्ड इन्टरनेशनल अंग्रेजी विद्यालय वडा(१०, बौद्धधाम मावि वडा(२ समालबुङ मा।वि। वडा (५ , गणेश्वरी मावि वडा १२ हिमालय मा।वि। वडा १ ले फाइनल चरण मा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published.