सूर्योदयको शैक्षिक सुधारका लागि बिज्ञ सहित सरोकारवालाको जोड

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

फिक्कल: शिक्षा क्षेत्रमा फड्को मारीरहेको इलामको सूर्योदय नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि बिज्ञ सहित सरोकारवाला संग छलफल कार्यक्रम सम्पन्न गरेको छ ।नगरको शिक्षा युवा तथा खेलकुद शाखाले शुक्रबार नगरले शिक्षा क्षेत्रमा गरीरहेका काम र आगामी योजना बारे बिज्ञ सहित सरोकारवाला संग छलफल गरेको हो ।
सरोकारवालाको छलफल कार्यक्रममा शिक्षा विद प्राध्यापक डाक्टर बिद्यानाथ कोईरालाले बिद्यालयमा अध्ययन गराईने प्रत्येक कुरालाई ब्यवहारीक र बैज्ञानिक बनाउनु पर्ने बताउनु भयो । उहाले बिद्यालयको अनुगमन गर्दा राजनीतिक आस्थाका आधारमा नभई प्रविधिको सहयोगमा गर्न सके सामुदायिक बिद्यालयको गुणस्तर सुधार गर्न सकिने बताउनु भयो । प्राडा कोईरालाले भन्नु भयो ‘अव कुन शिक्षक कुन पार्टीको भनेर च्याप्ने, परपर पार्ने होईन, राम्रो गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गर्नु पर्छ ।’ उहाले कोभिडको कारण देखाएर बिद्यालयले अहिले पनि ठग्ने गरेको आरोप लगाउनु भयो । कोईरालाले शिक्षकले नयाँ नयाँ कुराको खोजी गर्नु पर्ने बताउनु भयो । ‘अव पालिका भित्र को ब्यक्तिमा के शिप छ खोजेर बिद्यार्थीलाई सिकाउनु पर्छ , बिज्ञ गाउँमै छन पहिचान गर्नु पर्छ’ कोईरालाले भन्नु भयो ।
उहाले देशभरका ६ हजार माध्यमिक बिद्यालय मध्ये हाल ७१ वटामा मात्र बिषयगत बिक्षक रहेको जानकारी दिनु भयो । कोईरालाले भन्नु भयो ‘बिषयगत शिक्षक अभाव भनेर बस्ने होईन, एउटा बिद्यालयको शिक्षकलाई १० वटा बिद्यालयमा प्रविधिको प्रयोग गरी पढाउन लगाउने हो ।’
कार्यक्रममा स्थानीय पाठ्पुस्तकका सम्पादक बिवेक बिनयीले आध्यात्मिक शिक्षाबारे प्रस्तुतुकरण गर्नु भएको थियो । उहाले आध्यात्मिक चिन्तनलाई पहिले शिक्षकले मनन गरेर कक्षा कोठामा पढाउन जान सके शैक्षिक सुधारमा धेरै सहयोग पुग्ने बताउनु भयो ।
सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख रणबहादुर राई, स्थानीय पाठ्क्रमका सम्पादक डा. गणेश अधिकारी, शिक्षा शाखा प्रमुख योगनिधि भट्टराई लगायतले शिक्षा क्षेत्रको सुधारमा गर्न सकिने प्रसायका बारेमा जानकारी गराउनु भएको थियो ।
बिद्यालय ब्यवस्थापनि समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक सहभागी कार्यक्रममा स्थानीय पाठ्यक्रम सम्बन्धी प्रवोधीकरण कार्यशाला समेत सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published.