माईपोखरी गेट अगाडीका होटलमा आगलागि , ३ घर जले , आगो नियन्त्रणको प्रयास जारी

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ समाचार समाज

इलाम: सन्दकपुर गाउँपालिकाको माईपोखरीको गेट अगाडी रहेका घर तथा होटलमा आगलागि भैरहेको छ ।
करिव १ घण्टा अगाडी देखि भएको आगलागिबाट ३ वटा घर र ती घर भित्र रहेका ६ वटा भन्दा बढी होटल जलि सकेका छन् ।
आगलागिबाट स्थानीय चक्र मुखीया , कमल मुखीया , निमदोर्जी शेर्पाका काठका घर पूर्ण रुपमा जलेर नष्ट भैसकेको त्यहा रहनु भएका पत्रकार युवराज पीसीले जानकारी दिनु भयो । उहाका अनुसार आगो नियन्त्रणमा आउने कुनै उपाय छैन । स्थानीय र प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन ।
आगोले स्थानीय लाक्पा शेर्पाको घर समेत भेटी सकेको छ । आगालागिका कारण अहिले सम्म ३ वटा घर र घरमा भएको सबै सर सामान जलिसकेको छ ।

तस्विर ः सामाजिक संजालबाट

Leave a Reply

Your email address will not be published.