दुई देशका सुरक्षा अधिकारीद्धारा सीमा क्षेत्रको निरिक्षण

दुई देशका सुरक्षा अधिकारीद्धारा सीमा क्षेत्रको निरिक्षण

पशुपतिनगर : इलामको सूर्योदय नगरपालिका २ स्थित चित्रेमा सीमा पिल्लर र नेपाल भारत सीमा क्षेत्रको दशगजाको साेमबार निरिक्षण गरिएको छ । नेपाल र भारतका सीमा सुरक्षामा खटिएको सुरक्षा अधिकारी, नेपाल प्रहरी र सुर्योदय नगरपालिकाका जनप्रतिनिधिको टोली सीमा क्षेत्रको निरिक्षण गरेको हो ।


सूर्योदय नगरपालिकाका प्रमुख रणबहादूर राईको नेतृत्वमा भएको अनुगमनमा नेपालस्थित सीमा सुरक्षा पोष्टका प्रमुख ससांक कार्की, नेपाल प्रहरीको पशुपतिनगर इलाका प्रुमख हेमराज ओली, सीमा प्रशासन कार्यालयका प्रमुख कृष्णबहादूर बस्नेत र भारतीय सीमा सुरक्षा सुरक्षा बल एस आई कृष्ण मण्डलको उपस्थित रहेको थियो ।


सीमा निरिक्षण टोलीमा सूर्योदय वडा नम्बर २ का अध्यक्ष चन्द्र सुब्बा, १० वडाअध्यक्ष पेमाउगेन लामा, नेपाल टेलिभिजनका पत्रकार सुजन तिमसिना र रेडियो वुद्धबाणि फिक्का अध्यक्ष दिनेश महत सहितको टोलीले निरिक्षण गरेको थियो ।

सीमा क्षेत्रको निरिक्षणका क्रममा दशगजा क्षेत्रमा दूई देशकै नागरिकले खेतीपाति गर्दै आएकाले त्यसलाई व्यवस्थापनका लागि आ–आफ्नो देशको सीमा टोलीलाई जानकारी गराउनेबारे छलफल भएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादूर राईले बताउनुभयो ।लोकल शन्देसबाट