पाँचथरका स्थानिय तहमा जथाभावी खर्च,१० करोड बेरुजु, ७६ लाख तत्काल फिर्ता गर्नु पर्ने

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ समाचार समाज

पाँचथर: जिल्लामा रहेका आठ स्थानिय तहमा आर्थिक बर्ष २०७४÷०७५ मा १० करोड ४४ लाख २६ हजार ३ सय १ रुपैँया बेरुजु देखिएको छ । महालेखा परिक्षक कार्यालयको प्रारम्भीक प्रतिवेदन अनुसार यहाँका एक नगरपालिका र आठ स्थानिय तहले सो आर्थिक बर्षमा सञ्चालन गरेको कुल बजेटको ४ प्रतिशत बेरुजु देखिएको हो ।
उक्त आर्थिक बर्षमा स्थानिय तहले खर्च गरेको २ अर्ब ८७ करोड ७२ लाख ८२ हजार ३ सय ३५ बजेट खर्च गरेको मा ४ प्रतिशत बेरुजु देखिएको हो । प्रतिवदेनमा असुल गर्नु पर्ने, नियमित गर्न पर्ने र पेश्कि फस्र्यौट गर्नु पर्ने भनेर बेरुजु छुट्याएको छ ।
सबैभन्दा धेरै बेरुजु फाल्गुनन्द गाँउपालिकामा देखिएको छ । ९ दशमलव ६ प्रतिशत बेरुजु यो गाँउपालिकामा पाईएको हो । यस्तै, कुम्मायाक गाँउपालिकामा ८ दशमल ७७ प्रतिशत बेरुजु रहेको छ । फाल्गुनन्द गाँउपालिकाको ३ करोड ३६ लाख ७४ हजार ३ सय ४६, कुम्मायक को २ करोड २६ लाख १२ हजार ५ सय ७८ रुपैँया बेरुजु रहेको छ ।

यस्तै, मिक्लाजुङ गाँउपालिकाको १ करोड ३९ लाख ६२ हजार २ सय ६२, फिदिम नगरपालिकाको ८५ लाख ९८ हजार १ सय ६८, फालेलुङ गापाको ३८ लाख ९३ ह जार ५ सय ७३, याङवरक गाँउपालिको ५६ लाख ६७ हजार ५ सय ८६, हिलिहाङको ६५ लाख ५७ हजार ४ सय ४६ र तुम्मेवा गाँउपालिकाको ९४ लाख ६० हजार ३ सय १९ रुपैँया बेरुजु देखाएको छ ।


बेरुजुको प्रकृति छुट्याइएको छ । तत्काल असुल गर्नु पर्ने, कागजात, प्रक्रिया अनियमति भएकाले प्रमाण जुटाउन मिल्ने तथा प्रमाण नजुटे फिर्ता गर्नु पर्ने र पेश्की फस्र्यौट गर्न पर्ने गरी छुट्याएको छ । लेखापरिक्षण कार्यालयले ७६ लाख ७६ हजार २० रुपैँया तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । कानुन मिचेर खर्च गरीएको भन्दै यस्तो निर्देशन दिएको हो । सबैभन्दा धेरै २३ लाख १८ हजार २ सय १० फाल्गुनन्द गाँउपालिकाले फिर्ता गर्नु पर्ने छ ।

१० लाख ९९ हजार ७ सय ५८ रुपैँया याङवरक, १० लाख ३४ हजार ६ सय १ रुपैँया मिक्लाजुङ गाँउपालिकाले फिर्ता गर्नु पर्ने छ । यस्तै तुमेवा गाँउपालिकाले ९ लाख ४८ हजार ५ सय २३, फिदिम नपाको ७ लाख ९४ हजार २ सय ५३, फालेलुङ गापाको ७ लाख २१ हजार ४ सय ७९, हिलिहाङ गापाको ४ लाख ८८ हजार १ सय ६४ र कुम्मायक गापाले २ लाख ७१ हजार ३२ फिर्ता गुर्न पर्ने छ । दोहोरो सुविधा लिएको, कानुन विपरित खर्च गरेको लगायका कारण देखाउदै यतिको रकम फिर्ता गर्ने निर्देशन भएको हो ।
आठै स्थानीय तहको जम्मा ९ करोड ४९ लाख ९४ हजार ६ सय ९१ रुपैँया अनियमित खर्च देखिएको छ । प्रमाण सहित नियमित गर्न भनिएको छ । पर्याप्त प्रमाण नजुटेको रकम भने फिर्ता गर्नु पर्ने छ । यस्तै १७ लाख ५५ हजार ५ सय ९० रुपैँया पेश्कि फस्र्यौट गर्नु पर्ने प्रारम्भिक प्रतिवदेनमा उल्लेख छ ।
लेखापपिरक्षणको क्रममा खर्च गर्ने अनुशासनको मापनगर्दा पाँचथरका सबै स्थानिय तह ‘सि’ समुहमामात्र परेका छन् । १०० पूर्णाङमा रहेर मूल्याङ्कन हुदाँ ४० देखि ५९ अंक ल्याउन सि समुह मा पर्छन । ‘ए’ समुहमा पर्नकालागि ८० देखि १०० अकं ल्याउनु पर्छ ।
प्रारम्भिक प्रतिवेदन हेर्दा स्थानिय तहहरुले जथाभावि हिसाबमै खर्च गरेको देखिएको कोष तथा लेखा नियन्त्रकको कार्यालय फिदिमका प्रमुख बासुदेव खनाल बताउँछन् । ‘नयाँ भएर होला खर्च गर्ने काममा तेति मिलिराखेको देखिएको छैन । अर्को बर्षदेखि सुध्रिन्छ की ?’–उनले भने । फिदिम टुडेबाट

Leave a Reply

Your email address will not be published.