तक्पतमा पद्यमा छोयलिङ बौद्ध गुम्वाको निर्माण गरिने

Mukya Samachar कला संस्कृति घुमफीर जीवन शैली प्रदेश नं. १ समाचार

अन्तु: सूर्योदय नगरपालिका ४ तक्पतमा पद्यमा छोयलिङ बौद्ध गुम्वाको शिलान्यास गरिएको छ । तमु समाज तक्पतले निर्माण गर्न लागेको गुम्बाको बिहिबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको हो ।
गुम्बा निर्माण समितिका संयोजक राधिका घलेको अध्यक्षता तथा सूर्योदयन गरपालिकाका प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रणबहादुर राईले बिभिन्न जातजातीको साझा थलो रहेको नगरपालिकामा बौद्ध गुम्बा निर्माणले धार्मीक पर्यटन प्रर्वधनमा टेवा पुग्ने बताउनु भयो । उहाले अन्तु आफैमा पर्यटकीय क्षेत्र भए पनि गुम्वा निर्माणले बिदेशी पर्यटकलाई समेत तान्न सक्ने बताउनु भयो ।

नगर प्रमुख राईले बिकास निर्माणका काम रातारात हुने भनएै क्रमस बिकास हुँदै जाने बताउनु भयो । उहाले अन्तुको बिकासका लागि नगरले पर्याप्त बजेट बिनियोजन गरेकाले आगामी दिनमा थप ब्यवस्थित गरेर लगिने बताउनु भयो । तमु समाजका अध्यक्ष होम बहादुर गुरुङले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा ४ नम्बर वडाध्यक्ष मधुसुधन लामीछाने, १० नम्बर वडाध्यक्ष पेमाउगेन लामा लगायतले मन्तब्य राख्नु भएको थियो ।

गुम्बा निर्माणका लागि स्थानीय लोक बहादुर घलेले १ रोपनी जग्गा दान गर्नु भएको छ । गुम्बा निर्माणका लागि स्थानीयले आर्थिक संकलनको काम गरिरहेका छन । गुम्बाको शिलान्यास लामाहरुले गर्नु भएको थियो । कार्यक्रममा स्थानीय गायक लेखु बिवस , रघुन गुरुङ लगायतको उपस्थिति रहेको थियो ।नगर प्रमुख राईले आजै अन्तु पोखरीको समेत निरिक्षण गर्नु भएको छ । निरिक्षणका क्रममा अन्तु पोखरी आसपासका जग्गादाता समेत छलफल भएको छ ।

Leave a Reply

Your email address will not be published.