रोङमा घुम्ती सिविर सम्पन्न

रोङमा घुम्ती सिविर सम्पन्न

इलामः इलामको रोङ गाउँपालिकामा दुई दिने घुम्ती सिबिर सम्पन्न भएको छ । श्ुक्रबार सम्पन्न सिबिरमा ४ सय ४५ जनाले नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेका छन् ।

शिविरमा १ सय १७ जनालाइ जेष्ठ नागरिकको परिचय पत्र बितरण गरिएको छ । शिविरबाटै २६ जनाले अपाङगताको परिचय पत्र दिएका छन् । सिबिरकै अवसरमा मा १ सय १५ जनाले आँखा जाच गराएको र १८ जनाले कानको परिक्षण गराएका छन ।

सिबिरमा ४ सय ६१ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन । शिविरमा जम्मा १२ सय बढीले स्वास्थ्य परिक्षण गराएका छन । शिविर प्रभावकारी भएको गाउँपालिका अध्यक्ष शम्सेर राईले जानकारी दिनु भयो ।