रोङमा नश्ल सुधारको कार्यक्रम कार्यन्वयन

Mukya Samachar जीवन शैली प्रदेश नं. १ समाचार

गोबिन्द पौडेल,रोङः

रोङ गाउँपालिकामा बाख्रामा नश्ल सुधारको कार्यक्रम कार्यन्वयनमा आएको छ । गाउँपालिकाका अधिकांश स्थानमा बाख्रा पालन गरिएको छ । अधिकांश परम्परागत जातका बाख्रा पालिएका छन ।
परम्परागत रुपमा पालिएका बाख्रा बयस्क हुँदा पनि कम तौलको हुने आफुले गाउँगाउमा देखे पछि बाख्रा पालनमा नश्ल सुधारको कार्यक्रम संचालन गर्नेमा पुगेको गाउँपालिका अध्यक्ष शम्सेर राईले बताए । आधुनिकता साथै नयाँ जातका बाख्रा पालन गराउदै किसानहरुको आम्दामी बढाउन रोङ गाउँपालिकाले बाख्रमा कृतिम गर्भाधानको शुरुआत गरेको हो ।

बाख्रा पालनको राम्रो संभावना रहेको रोङ गाउँपालिकामा किसानको सुबिधाको लागि बाख्रामा कृतिक गर्भाधान गराउन सरकारी र निजी गरि ९ जना पशु प्राबिधिकहरुलाई गत साता बाख्रा पालनको पकेट क्षेत्र मानिने रोङ ४ को किटेनीमा एक हप्ते तालिम दिइएको छ । उनीहरुलाई दक्ष बनाएर आवश्यक सामाग्री सहित गाउँमा खटाइएपछि किसानले पालेको बाख्रामा सुधारहुने अपेक्षा राखेको गाउँपालिका अध्यक्ष राइले बताए ।
त्यसोत रोङ गाउँपालिकाले गत बर्ष नै उन्नत बोयर जातको बोका खरिद गरेर किसानलाइ नश्ल सुधारमा प्रेरणा दिएको थियो तर महंगोमा किनेको बोका कुृन ठाउँमा राख्ने भन्ने दुबिधा सगै सबै वडा र टोलका किसानहरुलाइ समान पहुँच पुर्याउनको लागि कृतिम गर्भाधानको उपय कार्यन्वयन गरिएको पशु शाखा प्रमुख मिग्मारिन्ची शेर्पाले बताए ।

शेर्पाका अनुसार प्रबिधिकहरुलाई तालिम दिएर रोङको हावापानीमा उपयुक्त हुने जमुनापारि र बोयर जातको सिमेन राष्ट्रिय प्रजनन केन्द्र पोखराबाट ल्याएर कृतिम गर्भाधानको अभ्यास शुरु गरिएको छ । अहिले अस्टेलियाबाट पशु प्रजनन केन्द्र पोखरामा ल्याइएको उन्नत जातका बोयर र जमुनापारी जातको थोरै सिमेनहरु ल्याइएका भएपनि पछि किसानहरुको मागको आधारमा बिस्तार गर्ने उनको भनाइ रहेको छ ।
्यस अघि रोङ ४ मा रहेको बाख्रा पालन समुह , रोङ ३ मा रहेको दुखुन बाख्रा फारममा महंगोमा बोयर बोका ल्याएर प्रयोग गरिएको भएपनि उक्त बोका स्थानतरण, रोगको प्रकोप र प्रजनन् क्रिया शुल्क नै अति महंगो रहेकोले गाउँपालिकाले कृतिम गर्भाधानको बिकल्प अघि सारेको हो ।

आफुलाई जति खेर सेवाको आबश्यक्ता रहन्छ वडामा खटिएका प्रबिधिकहरुलाई सम्पर्क गरि सेवा लिन सकिने र सेवा शुल्क भने दुरीको आधारमा सेवा प्रदायक र किसानको सहमतीमा तय हुने छ । शेवा शुल्क कै आधारमा कुनै पनि किसान सेवाबाट बन्चित नहुने शाखा प्रमुख शेर्पाको भनाइ रहेको छ । अहिले रोङ गाउँपालिका भरिमा १ हजार ४ सय ९६ बटा बाख्रा रहेको पशु शाखा रोङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.