समाचार प्रभावः रोङमा कृषक पाठशाला शुरु

Mukya Samachar जीवन शैली प्रदेश नं. १ समाचार


गोबिन्द पौडेल रोङ:उत्पादनकै क्रममा किसानलाइ परेको समस्या शैद्धान्तिक र ब्यबहारीक तरिकाले समाधान गर्दै किसानाई दक्ष बनाउने उदेश्यले आजबाट रोङ ६ को रम्भ्याङ्गमा कृषक पाठशाला संचालन भएको छ ।
रोङ गाउँपालिकाको आर्थिक सहयोग , धनसरी कृषक समुहको ब्यवस्थापन रसोसियल इन्फ्याक्चर मेनेजमेन्ट झापाको प्रबिधिक सहयोगमा रम्भ्याङ्गको बरबोटेमा संचालित तालिममा ३५ भन्दा बढी किसानहरुको सहभागिता रहेको छ ।
रोङ गाउँपालिका क्षेत्रमा नै तर।कारी उत्पादनमा अब्बल रहेको सो क्षेत्रका किसानहरुले अहिलेसम्म कुनै पनि प्रबिधिक सहयोग नपाएको समाचार बिभिन्न संचार माध्यामहरुबाट प्रकाशन प्रसारण भएपछि गाउँपालिकाको समेत ध्यानाकर्षण भएर उक्त स्थान छनौट गरिएको गाउँपालिकाका प्रबत्ता सुबास तामाङले बताए ।

स्थानिय अकबरे खुर्सानीको अत्याधिक उत्पादनहने भएपनि अहिले मासिएको कारण पुरानो जातकै अकबरेमा जोड दिनै बेर्ना तयार देखी उत्पादन कार्य सम्म लगातार सोह् हप्ता सम्म प्रयोगात्मक र सैद्धान्तिक परिक्षण गरि किसानलाइ सिप प्रदान गरिने प्रशिक्षक टंक नेपालले बताए ।

यता गाउपालिकाले किसानले पनि आफुहरुले गाउँमै यस्ता प्रबिधिक सिप लिने ब्यवस्था गरेकोमा खुसी महसुस गरेको जौबारीबाट सहभागि हुन आएका मकल तामाङले बताए । किसानहरुलाइ माटो तैयारी देखी,बाली रोपण, रोग किरा नियन्त्रण, आर्गेनिक पद्धती हदै उत्पादन सम्मको सिपले आगामी दिनमा किसानहरुको आय आर्जनमा बृद्धिले आर्थिक समृद्धिकोलागि कोशे ढुङ्गा साबित हुने गाउँपालिकाले अपेक्षा गरेको उपाध्यक्ष चन्द्रकला राइले बताइन।

Leave a Reply

Your email address will not be published.