अमरकल्याण मा.वि.मा सप्ताह ज्ञान महायज्ञ

Mukya Samachar कला संस्कृति प्रदेश नं. १ शिक्षा समाचार

माइजोगमाई: इलामको माइजोगमाई गाउँपालिका १ नयाँबजार स्थित अमरकल्याण माध्यमिक विद्यालयमा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव शुरु भएको छ ।
शनिबार शुरु भएको महायज्ञको प्रदेश सांसद खिनु लिम्बुले उद्घाटन गर्नु भयो । कार्यक्रम उद्घाटन गर्दै उहाले माइजोगमाईका विपन्न परिवारलाई आवासको व्यवस्था गर्ने बताउनु भयो । सांसद लिम्बूले माइजोगमाई गाउँपालिका भित्र बसोबास गर्ने दलित, लोपउन्मुख तथा अति सिमान्तकृत परिवार मध्ये यो आर्थिक बर्षमा दश परिवारलाई सांसद बिकास कोष मार्फत आवासको व्यवस्था गर्ने बताउनु भयो ।
गाउँपालिकाका अध्यक्ष जित बहादुर राईले नेपाल जस्तो बहुजातीय , बहुभाषिक तथा बहुसांस्कृतिक मूलुकमा यस्ता कार्यक्रमले जातीय, धार्मिक तथा सांस्कृतिक एकततका लागि सहयोग गर्ने बताउनु भयो । अध्यक्ष राईले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि महायज्ञमा गाउँपालिकाको तर्फबाट दश लाख रुपैँया सहयोग गर्ने घोषणा गर्नु भयो ।
विद्यालयका प्रधानाध्यापक धनबहादुर भण्डारीले अमरकल्याण माध्यमिक विद्यालय नमुना विद्यालयको अवधारणा अन्तर्गत अघि बढिरहेकाले नेपाल सरकारबाट केही बजेट प्राप्त भएको र सोही कार्यक्रमलाई सहयोग गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अक्षय कोष स्थापना गर्ने उद्धेशयले श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.